रुरु जलविद्युतको शेयरमुल्य बढ्यो ! कति ?

काठमाडौँ – रुरु जलविद्युत परियोजना लिमिटेडको शेयरको कारोबार शुरु भएको छ। केहि समय अगाडी मात्र आइपिओ जारी गरेको रुरु जलविद्युत परियोजना लिमिटेडको दोस्रो बजारमा शेयर कारोबार सोमबारबाट शुरु भएको हो।

न्युनतम ११८ रुपैयाँ ८४ पैसादेखि अधिकतम ३५६ रुपैयाँ ५२ पैसासम्मको कारोबार रेञ्ज प्राप्त रुरु जलविद्युतको शेयर ३५६ रुपैयाँमा कारोबार खुला भएको थियो।

रुरुको शेयर मूल्य आज ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कम्पनीको शेयर ९.६४ प्रतिशतले बढेर प्रतिशेयरको मुल्य ४११ रुपैयाँ पुगेको छ । सोमबार कुल ७ लाख ५८ हजार २५३ कित्ता शेयरको माग भएको बताइएको छ।

प्रकाशित : मङ्गलबार, बैशाख २१, २०७८१५:१४

लगातार तीन दिन बढेपछि घट्यो सुनको मूल्य ! कति ?