लगातार तीन दिन बढेपछि घट्यो सुनको मूल्य ! कति ?

काठमाडौँ – हप्ताको तीन दिन लगातार बढेको सुनको मूल्य आज घटेको छ। आइतबारबाट लगातार तीन दिन बढेको सुनको मूल्य आज बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९० हजार ३ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैंयाँले घटेको छ। नेपाली बजारमा आज तेजाबी सुन ८९ हजार ८ सय रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य आइतबार तोलामा १ सय, सोमबार ४ सय र मंगलबार २ सय रुपैंयाँले बढेको थियो।

चाँदीको मूल्य

आज सुनको मूल्य मात्र घटेको छैन, चाँदीको पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघमा अनुसार तोलामा रु ५ ले घटेर चाँदीको मूल्य १३ सय २० कायम भएको छ।

प्रकाशित : बुधबार, बैशाख २२, २०७८११:०४

आज यी १ कम्पनीका लगानीकर्ता मालामाल !