आज यी १ कम्पनीका लगानीकर्ता मालामाल !

काठमाडौँ – बुधबार नेप्से परिसूचक ५.०९ अंकले घटेको छ। आज नेप्से परिसूचक ५.०९ अंकले घटेर २६४९.६० अंकमा झरेको हो।

आज २ सय १८ वटा कम्पनीको १ करोड ६८ लाख ४७ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २१ करोड रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ।

आज ९० वटा कम्पनीका शेयर मूल्य बढे भने १०१ कम्पनीका शेयर मूल्य घटे। आज २६ वटा कम्पनीका शेयर मूल्यमा भने कुनै परिवर्तन भएन। आज ११ कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो।

आज रिडी हाइड्रोपावर र राइराङ हाइड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भए विशाल बजार कम्पनीको शेयर मूल्य पनि ९ दशमलव ९९ प्रतिशतले बढ्यो।

त्यस्तै महिला लघुवित्तको ९.९८ प्रतिशत, सिंगटी इनर्जी कम्पनीको ९.९८ प्रतिशत, छ्याङदी हाइड्रोपावरको ९.९७ प्रतिशत, समता घरेलू लघुवित्तको ९.९२ प्रतिशत, युनियन हाइड्रोपावरको ९.८० प्रतिशत, जोशी हाइड्रोपावरको ९.७२ प्रतिशत र बरुण हाइड्रोपावरको ९.७२ प्रतिशतले शेयर मूल्य बढे।

आज सबै भन्दा बढी शेयर मूल्य घट्ने कम्पनीहरुमा आशा लघुवित्त, लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त, सबैको लघुवित्त, स्वाभिमान लघुवित्त रहेका छन्।

प्रकाशित : बुधबार, बैशाख २२, २०७८१६:३१

मध्य भोटेकोसीको आईपीओ रोक्न बाह्रबिसे नगरपालिकाको यस्तो पत्राचार!