मध्य भोटेकोसीको आईपीओ रोक्न बाह्रबिसे नगरपालिकाको यस्तो पत्राचार!

काठमाडौँ, बैशाख २२ । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले स्थानीयका लागि आह्वान गरेको प्राथमिक शेयर (आइपीओ) तत्काललाई रोकिएको छ।  निषेधाज्ञाको बेवास्ता गर्दै साधारण सेयर आईपीओ निष्कासन गरेपछि बाह्रबिसे नगरपालिका, सिन्धुपाल्चोकले यसलाई रोक्न अनुरोध गर्दै आयोजना कार्यालयमा पत्राचार गरेको हो। बैशाख २१ बाट  खुलेको आइपिओ भर्नेको भिड भएपछि बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले पत्र लेखेरै आइपिओ भर्न रोक्न लगाएका हुन्।

स्थानीय र आयोजना प्रभावितका लागि निष्कासन गरेको आईपीओ भर्न आउदा मानिसको भिडले कोरोना संक्रमणको जोखिम  बढ्ने भन्दै आईपीओ रोक्न बाह्रबिसे नगरपालिकाले पत्राचार गरेको  हो । मध्य भोटेकोशी जलविद्युत आयोजना र ग्लोबल आईएमई क्यपिटल लिमिटेडमाथि अहिलेको  यो जोखिमलाई पूर्णरूपमा बेवास्ता गरेको भन्दै पत्राचार गरिएको हो।

कम्पनीले केहि दिन अगाडी मात्रै आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि आइपिओ जारी गर्न अनुमति पाएको थियो। नेपाल धितोपत्र बोर्डले दिएको अनुमति अनुसार कम्पनीले १ सय अंकित १ करोड ५० लाख कित्ता आइपिओ जारी गर्न पाउनेछ।

पहिलो चरणमा १ सय अंकित ६० लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ। ६० लाख कित्ता आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका बासिन्दाहरुका लागि छुट्याइएको छ।

त्यसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुले पाउनेछन्। त्यस्तै बाँकि ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणहरुले पाउनेछन्।

प्रकाशित : बुधबार, बैशाख २२, २०७८२०:३६

आज तोलामा एक्कासी ११ सय रुपैयाले बढ्यो सुनको मुल्य, कति छ आजको भाउ?