आज तोलामा एक्कासी ११ सय रुपैयाले बढ्यो सुनको मुल्य, कति छ आजको भाउ?

काठमाडौँ, बैशाख २४। आज साताको अन्तिम दिन अर्थात् शुक्रबार सुनको मूल्य ह्वातै बढेको छ। पछिल्लो समय  लगातार बढेको सुनको मुल्य  आज तोलामा ११ सय रुपैयाले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ११ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९१ हजार ७ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ११ सय रुपैंयाँले बढेको छ। नेपाली बजारमा आज तेजाबी सुन ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस अगाडी सुनको मूल्य आइतबार तोलामा १ सय, सोमबार ४ सय र मंगलबार २ सय रुपैंयाँले बढेको थियो भने बुधबार ३ सय रुपैंयाँले घटेको थियो। र बिहिबार फेरी ३ सय रुपैयाले बढेको थियो।

चाँदीको मूल्य

आज सुनको मूल्य बढेपछि चाँदीको मूल्य पनि बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघमा अनुसार तोलामा रु ३५ ले बढेर चाँदीको मूल्य १३ सय ५० रुपैयामा  कायम भएको छ।

प्रकाशित : शुक्रबार, बैशाख २४, २०७८११:३३

कहिले हुन्छ सिईडिबि हाइड्रोपावरको आईपीओ बाँडफाँड? यस्तो छ सूचना!