कहिले हुन्छ सिईडिबि हाइड्रोपावरको आईपीओ बाँडफाँड? यस्तो छ सूचना!

काठमाडौ, बैशाख २४ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि बिक्री तथा निष्काशन गरेको साधारण शेयरमा ११.२४ गुणा बढी आवेदन परेको छ ।  कम्पनीले २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ विक्री तथा निष्काशन गरेको थियो।

कम्पनीले वैशाख २१ गतेबाट सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सार्वजनिक निष्कासन गरेको थियो।

यस कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । आईपीओ विक्रीको लागि यस कम्पनीलाई धितोपत्र बोर्डले गत वैशाख २ गते अनुमति दिएको थियो ।आईपीओका लागि २०७४ साल असार २७ गते बोर्डमा निवेदन दिएको कम्पनीले करीब ४ वर्षपछि अहिले  आईपीओ विक्रीको अनुमति पाएको हो ।

 शेयर बिक्री तथा निष्काशन क्यापिटलका अनुसार यस कम्पनीको शेयर बाडफाड अर्को  हप्ताको शुक्रबारसम्म हुनेछ ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले भाग्यमानी आवेदक  २ लाख ३४ हजार १९५ जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाउनेछ  ।

प्रकाशित : शुक्रबार, बैशाख २४, २०७८१८:०९

आज सुन वैशाख ९ गते यताकै महँगो ! कति ?