काठमाडौँ, बैशाख २१। कुनै बेला संसारकै धनी व्यक्ति रहेका बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले डिभोर्स गर्ने निर्णय छन्। अहिले पनि संसारकै चौथो धनी व्यक्ति रहेका ६५ वर्षीय बिल गेट्सले सामाजिक संजाल ट्विटरमार्फत आफु र पत्नी मेलिन्डा गेट्सले डिभोर्स गर्ने निर्णय लिएको बताएका छन्।

बिल गेट्सले २७ वर्ष लामो वैवाहिक सम्बन्धलाई अब निरन्तरता दिन नसक्ने निर्णयमा पुगेकोले आफुहरु दुवै जनाले सोचविचार गरेर नै सम्बन्ध विच्छेद गर्न लागेको बताएका छन्। बिल गेट्सले ट्वीटरमा संयुक्त वयान सार्वजनिक गर्दै लेखेका छन्, ‘धेरै सोचविचार र हाम्रो सम्बन्धमा धेरै कार्य पछि हामीले हाम्रो वैवाहिक सम्बन्धलाई समाप्त गर्ने निर्णय गरेका छौ। बितेको २७ वर्षमा हामीले ३ महान सन्तानलाई हुर्कायौ र फाउन्डेसन निर्माण गर्यौ जसले विश्वभरका सबै व्यक्तिहरूलाई स्वस्थ नेतृत्व र फलदायी जीवन जीउन सक्षम पार्ने काम गर्दछ। हामीले सम्बन्ध विच्छेद गरे पनि फाउन्डेसनका लागि दुवैजना मिलेर काम गर्नेछौ। तर हामी आगामी दिनमा कपलको रुपमा अगाडी बढ्न सक्ने विश्वास भने गर्न सक्दैनौ।”
बिल र मेलिन्डाको तीन सन्तान छन्। यिओ दुईको पहिलो भेट सन् १९८० को दशकको अन्तिमतिर भएको थियो। त्यस समयमा मेलिन्डाले माइक्रोसफ्ट कम्पनीमा जागिर सुरु गरेकी थिइन् । फोर्ब्स म्यागजिनका अनुसार बिल गेट्ससंग १२४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ। सन् १९७० मा बिल गेट्सले माइक्रोसफ्ट कम्पनीको स्थापना गरेका थिए।

