बिल गेट्स र मेलिंडाको लोभलाग्दो प्रेम: यसरी भएको थियो शुरुवात, धेरै थिए मेलिंडाको प्रेमी!

माइक्रोसफ्टका  संस्थापक बिल गेट्स र उनकी श्रीमती मेलिंडाले २७ वर्षपछि डिभोर्स लिने निर्णय गरेका छन्। दुवैले एक बयान जारी  गरेर बिहे तोड्ने घोषणा सामाजिक सञ्जाल मार्फत गरेका हुन्। २७ वर्ष लामो समय बिताएपछि अचानक यो उमेरमा डिभोर्स लिने कुरामा सबैजना अचम्मित छन्। थाहा पाउनुहोस्  बिल गेट्स र मेलिंडाको प्रेम कहानीदेखि डिभोर्ससम्मको पूरा कहानी:

२०१९ मा नेटफ्लिक्समा  रिलीज भएको ‘इनसाइड बिल्स ब्रेन’ सीरीजमा बिल गेट्सको निजी जीवनको बारेमा धेरै कुरा देखाईएको छ। डकुमेन्ट्री अनुसार, मेलिंडाले १९८७ मा  प्रोडक्ट म्यानेजरको रुपमा माइक्रोसफ्टमा सामेल भएकी थिइन्। एक बिजनेस डिनरको क्रममा पहिलोपटक बिलको भेट मेलिंडासँग भयो र विस्तारै यी दुई नजिकिन थालेका थिए। सुरुवातमा  बिल र मेलिंडा आफ्नो सम्बन्धलाई लिएर गम्भीर थिएनन्। डकुमेन्ट्रीमा बिलले भनेका छन, ‘उसको अरु पनि ब्वायफ्रेन्ड थियो र मसँग माइक्रोसफ्ट थियो।  हामी एकअर्कालाई लिएर गम्भीर थिएनौ र हामीले एक-अर्कासँग समय माग्दैन थियौ। यधपी एक वर्ष डेट गरेपछि कहानी बदलिएको थियो। “

एक दिन बिलले अचानक मेलिंडालाई ‘आई लभ यू’  भनेका थिए । साथै मेलिंडाले पनि बिललाई आफ्नो प्रेम व्यक्त गरिन्। बिलले भने , ‘हामी  एक-अर्काको धेरै ख्याल राख्थ्यौ र हामीसँग दुईटा उपाय थियो कि त बिछोड, कि त बिहे !’ डकुमेन्ट्रीमा मेलिंडाले हास्दै भनेकी छन् , ‘ उसलाई एउटा निर्णय लिनु थियो। एक दिन म बिलको कोठामा गएकी थिए। त्यहाँ व्हाइटबोर्डमा  एक लिस्ट थियो जहाँ उसले बिहे गर्नुको के फाईदा र बेफाईदा  लेखेका थिए। बिल बिहे गर्न त चाहन्थे तर उसलाई माइक्रोसफ्ट चलाउनुको साथै वैवाहिक जीवन निभाउन सक्छु कि सक्दिन भन्ने कुरामा दुविधा थियो।”

बिलले भनेका थिए कि उनले बिहेको कुरालाई निकै गम्भीरताको रुपमा लिएका थिए। अन्तत यी दुईले  १९९४ मा बिहे गरे। त्यस समय बिल ३८ वर्ष र  मेलिंडा २९ वर्षका थिए । यी दुईको तीन बच्चा छन्। मेलिंडाले १९९६ मा पहिलो बच्चा  छोरी जेनिफरलाई जन्म दिएकी थिइन्। त्यसपछि मेलिंडा १९९९ मा छोरा रोरी र २०२० मा छोरी फोएबेको आमा बनिन्। बच्चा जन्माएको ९ वर्षपछि मेलिंडाले  माइक्रोसफ्ट छोडेकी थिइन्। यधपी उनले काममा श्रीमानलाई  साथ भने दिईरहिन्।

दुवैले १९९४ मा बिल एन्ड मेलिंडा गेट्स फाउंडेशनको सुरुवात गरेका थिए। यो फाउंडेशनले विश्वव्यापी स्वास्थ्य, शिक्षा र विकासको मुद्दामा काम गर्छ। २०१९ मा फेसबुक लाइभको क्रममा  बिलले भनेका थिए , ‘परिवारको व्यवस्थापनका साथै सँगै काम गर्नु चुनौतीपूर्ण काम हो। हामी निकै भाग्यमानी छौ, किनकी हामी सबै चीज समान  दृष्टिले हेर्छौ। हामी दुईजना कै लक्ष्य धेरै समान छ।’

डकुमेन्ट्रीमा  बिलले  मेलिंडाको प्रशंसा गर्दै उनी वास्तव मै असल साथी बताएका थिए। बिलले भनेका थिए ,”मेलिंडा  एक सकारात्मक दृष्टिकोण राख्छिन् र मभन्दा धेरै उनी राम्रोसँग मान्छेहरुसँग घुलमिल हुन्छिन्। मभन्दा धेरै राम्रो व्यक्तित्व हुन्।”

बिल र मेलिंडाको छोरी जेनिफर स्ट्यानफोर्डमा मेडिकलको पढाई गर्छिन्। जेनिफरले आफ्नो इंस्टाग्राम स्टोरीमा  एक बयान जारी गरेकी छन्।  जुनमा उनले आफ्नो आमाबुवा  अलग हुने कुरा लेखेकी छन्। पोस्टमा  जेनिफरले लेखेकी छन्, ‘ यो हाम्रो सम्पूर्ण परिवारको लागि चुनौतीपूर्ण समय हो। म अहिले पनि आफुलाई  र परिवारको बाँकी सदस्यलाई कसरी सम्हाल्ने र ध्यान राख्ने भन्ने कुरा सिकिरहेको छु। म यी दुईको विछोडमा  कुनै व्यक्तिगत टिप्पणी गर्न चाहन्न। तपाईहरु सबैको  समर्थन र सहयोगका लागि धन्यवाद।’

प्रकाशित : मङ्गलबार, बैशाख २१, २०७८१९:४२

यसकारण हास्यकलाकार भारती जन्माउन चाहदिनन बच्चा, गरिन यस्तो खुलासा!