यस हप्ता डान्स रियालिटी शो ‘डान्स दीवाने’ मा अभिनेता सोनू सूद गेस्ट बनेर आएका थिए । प्रतियोगीले सोनूलाई समर्पण गरेर आफ्नो प्रस्तुति देखाए। यसमा कोरोना र यस महामारीको परिस्थितिको बारेमा पनि प्रदर्शन गरिएको थियो। यधपी आफ्नो प्रस्तुतिले सबैलाई हसाउने भारती सिंहलै नै रुवाएको थियो र उनले यतिसम्म भनिन कि यसकारण ‘म आमा बन्न चाहन्न’।

वास्तवमा एक डान्स पर्फर्मेन्समा एउटा २ वर्षको बालक कोरोना संक्रमित हुन्छ र लाखौँ कोसिस गर्दापनि बचाउन सकिदैन। यो प्रस्तुति देखेर भारती सिंह सहित सबै जनाको आँखाभरि आसुँ आउँछ। भारतीले भनिन् ,’आमाले फोन गर्थिन् र रुन्थिन् कि घर अगाडी काका बित्नुभयो। मलाई डर लाग्न थालेको थियो कि कतै मलाई नि यसरी नै कल आउने त हैन। यो कोरोनाले भित्रदेखि नै टुटेको छु। हामी लामो समयदेखि बच्चाको योजना बनाईरहेका छौ तर यस्तो चीज सोचेर र रोगलाई सम्झेर एक-अर्कासँग कुरा गर्न नै मन लाग्दैन। किनकी म यसरी रुन चाहदिन्। म धेरै बलियो छु, म सबैलाई हसाउछु , तर मसँग बच्चा गुमाउने पीडा सहन सक्ने क्षमता छैन। मसँग खुशीको साथ बच्चाको योजना बनाउने क्षमता छैन। ‘”
यसै शोमा सोनू सूद पनि मध्यप्रदेशबाट प्रतियोगी उदय सिंहको कहानी सुनेर निकै भावुक भए। उदयले लकडाउनको कारण उनको बस्तीमा काम नमिलेको र मान्छेहरुलाई खाना खान संकट खडा भएको बताएका थिए। यसमा सोनू सूदले उदयलाई आफ्नो गाउँमा गएर जबसम्म लकडाउन हुन्छ तबसम्मलाई गाउँमा राशन पठाउने कुरा बताए। ‘डान्स दीवाने ३’ को सेटमा कोरोना पोजिटिभको कैयौँ मामिला बाहिरिएको छ। त्यसपछि शोको जज माधुरी दीक्षित विदेश घुम्न गईन्। यसैबीच शोको जज धर्मेश कोरोना पोजिटिभ भएका थिए। अहिले धर्मेश शोमा आईसके। हाल नोरा फतेही, धर्मेश र पीयूष कालिया जज रहेका छन् ।

