अभिनेत्री माधुरी दीक्षितले शेयर गरिन श्रीमानसँगको यस्तो तस्विर, सबैले गरे तारिफ!

आफ्नो मुस्कानले करोडौँको मन जित्न सफल अभिनेत्री  माधुरी दीक्षित सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। माधुरी प्राय आफ्नो फ्यानसँग परिवार र फिल्मसँग सम्बन्धित फोटो  शेयर  गरिरहन्छिन्। साथै फ्यानले पनि माधुरीको फोटोलाई निकै मन पराउँछन्। हालै माधुरी      दीक्षितले पति श्रीराम माधव नेनेसँग थ्रोब्याक फोटो साझा गरेकी छिन्। सोहि फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ।

यो फोटोमा श्रीराम नेने र माधुरी एकअर्कालाई अंगाली रहेका छन्। माधुरीले फुल स्लीव टपसँग रकी पाइन्ट लगाएकी छन्। साथै उनले चस्मा पनि लगाएकी छन्। उनको  श्रीराम नेनेले  नेभी ब्लू स्वेटर ,शर्ट्स र व्हाइट स्नीकर लगाएका छन्।  माधुरी दीक्षितलाई फोटोमा निकै प्यारी देखिएको  छ।  माधुरी दीक्षित र श्रीराम नेनेको फोटोमा कमेन्टको वर्षा भईरहेको छ। चर्चित टिभी अभिनेता अर्जुन बिजलानीले फोटोलाई निकै क्युट रहेको बताए। एक फ्यानले लेखे ,”म्याम, तपाईहरु दुवैलाई एकसाथ निकै राम्रो देखिएको छ।”  अर्को युजरले , ‘सुन्दर जोडी’ लेखेका छन् ।

कोरोना महामारी चलिरहेको समस्याबीच कलाकारको यस्तो फोटो दर्शकले निकै  रुचाएका  छन्। माधुरी दीक्षित सामाजिक सञ्जालमा फ्यानलाई प्रेरित गर्न पछि हट्दिनन्। केहि दिन पहिले उनले कोरोनाको दोस्रो  तस्विर साझा गरेकी थिइन्। यस फोटोको  क्यापशनमा उनले  लेखेकी छन् , ‘आज  मैले कोरोनको दोस्रो  खोप लिएकी छु ।  म सबैलाई  उपलब्ध हुने बित्तिकै  खोप लगाउन अनुरोध गर्दछु।’ माधुरीले आफ्नो  स्वास्थ्यको ख्याल राख्नुको साथै फ्यानलाई पनि स्वास्थ्यको ख्याल राख्न र  सुरक्षित रहन अनुरोध गरेकी छन्।

प्रकाशित : बुधबार, बैशाख २२, २०७८२०:१०

बिलले बिहेअघि आफ्नी प्रेमिकाबारे मेलिंडासँग राखेका थिए यस्तो अनौठो शर्त,कस्ती छिन उनि?