“च्याम्पियन्स लिग जित्ने हो भने एम्बाप्पे र नेयमार दुवैले पिएसजी छाड्नुपर्छ”

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डियोलाले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग खेल्नु अगाडी नेयमार बारे केहि विशेष टिप्पणी गरेका थिए। बार्सिलोना मै बसेको भए नेयमारले थप केहि च्याम्पियन्स लिग जितिसकेका हुनेथिए भन्ने उनको टिप्पणी थियो।

पेप गार्डियोलाले गरेको उक्त टिप्पणी वास्तवमै सही देखिन्छ। नेयमारले बार्सिलोना छाडेपश्चात एक पटक पनि च्याम्पियन्स लिग जित्न सकेका छैनन्। गत वर्ष फाइनल सम्मको यात्रा तय गर्न सफल भएपनि उनको क्लब पिएसजी यस पटक सेमिफाइनलबाटै आउट भएको छ।

सेमिफाइनलको पहिलो लेगमा २-१ गोल अन्तरले पराजित भएको पिएसजी मंगलबार राति सिटिसँग २-० गोल अन्तरले पराजित भएको। पिएसजीले सिटि विरुद्ध पुनरागमन गर्ने धेरैको अनुमात गलत सावित भयो। पिएसजीलाई जिताउन नेयमारले एक गोल पनि गर्न सकेनन्।

च्याम्पियन्स लिग जित्ने हो भने एम्बाप्पे र नेयमार दुवैले पिएसजी छाड्नुपर्छ

स्पेनबाट प्रकाशित हुने एक पत्रिकाको विश्लेषणलाई मान्ने हो भने च्याम्पियन्स लिग जित्न एम्बाप्पे र नेयमार दुवै अन्य क्लबमा जानुपर्ने हुन्छ। उसका अनुसार एम्बाप्पे र नेयमारले पिएसजीमै रहेर च्याम्पियन्स लिग जित्न सक्ने देखिँदैन।

सिटि पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

सिटी क्लब इतिहासमा नै पहिलो पटक च्याम्पियन्स लिग फाइनल प्रवेश गरेको छ । यस भन्दा अगाडी कुनै पनि समय सिटिले च्याम्पियन्स लिग फाइनल पुग्न सकेको थिएन। सिटी कुनै पनि युरोपेली प्रतियोगिताको फाइनलमा पुगेको ५१ वर्षकै पहिलो अवसर पनि हो।

प्रकाशित : बुधबार, बैशाख २२, २०७८१२:०७

एम्बाप्पे र नेयमार दुवैले पिएसजी छाड्ने !