एम्बाप्पे र नेयमार दुवैले पिएसजी छाड्ने !

एजेन्सी – हाल विश्व फुटबलमा सबै भन्दा चर्चा हुने खेलाडी मध्येमा पर्छन् नेयमार र एम्बाप्पे। दुवैलाई विश्व क्लब फुटबलकै उत्कृष्ट खेलाडीको रुपमा लिइन्छ। तर, विश्वकै उत्कृष्ट खेलाडी कहलिएर पनि यी दुईले पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई च्याम्पियन्स लिग दिलाउन सकेनन्।

गत वर्ष दुवैको प्रभावशालि प्रदर्शनका कारण पिएसजीले फाइनल सम्मको यात्रा तय गरेको थियो। च्याम्पियन्स लिग जित्नबाट जर्मन च्याम्पियन बायर्न म्युनिखले रोकेको थियो। एम्बाप्पे र नेयमार दुवैले च्याम्पियन्स लिगको फाइनलमा आफ्नो जादू चलाउन सकेनन्।

यस वर्ष पनि एम्बाप्पे र नेयमारले पिएसजीलाई च्याम्पियन्स लिग दिलाउन सकेनन्। मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा पिएसजी सिटिसँग २-० गोल अन्तरले पराजित भयो। सिटिले समग्रमा ४-१ को जित निकाल्यो।

च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा चोटका कारण खेल्न एम्बाप्पे खेल्न सकेनन्। हुन त उनले पहिलो लेगमा सिटि विरुद्ध गोल गर्न सकेका थिएनन्। त्यस्तै नेयमारले दुवै लेग खेले पनि खेल परिवर्तन गराउन सक्ने खेल प्रदर्शन गर्न सकेनन्।

पिएसजी छाड्न सक्छन् दुवै खेलाडी

पिएसजी च्याम्पियन्स लिगबाट बाहिरिएसँगै नेयमार र एम्बाप्पेको भविष्यमा सबैको ध्यान खिचिएको छ। पिएसजीले च्याम्पियन्स लिग जितेको खण्डमा दुवै खेलाडी क्लबमै रहने सम्भावना रहन्थ्यो। तर, पिएसजी च्याम्पियन्स लिगबाट आउट भएसँगै त्यो सम्भावना सकिएको फुटबलका जानकारीहरु बताउँछन्।

कहाँ होला यात्रा ?

नेयमार र एम्बाप्पे दुवै लालिगा अन्तर्गतका क्लबमा जाने सम्भावना उच्च देखिन्छ। एम्बाप्पे रियल म्याड्रिड जाने चर्चा चलेको धेरै भइसकेको छ भने नेयमारले पनि बार्सिलोना फिर्ता हुन चाहेको खबरहरु समय समयमा आउने गरेको छ। यस अर्थमा एम्बाप्पे र नेयमार पिएसजी छाडे पश्चात एक अर्काको प्रतिद्वन्दी हुने देखिन्छ।

प्रकाशित : बुधबार, बैशाख २२, २०७८१२:४४

पोग्बाको नजरमा एम्बाप्पे र अर्का यी खेलाडी हुन् फुटबलको भविष्य !