काठमाडौँ – नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आफूहरु डुबे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मालाई पनि नछाड्ने चेतवानी दिएकी छन्।
ओली माधव नेपाल पक्षका सांसद तथा नेताहरुलाई कारवाही गर्न तम्सिएपछि झाँक्रीले बुधबार एक ट्वीट गर्दै त्यस्तो चेतवानी दिएकी हुन्।
अहंकार र दमभ त्यागेर सत्यानाश हुनबाट जोगिन ओलीलाई उनको आग्रह छ। ओलीलाई सकेरै आफूहरु सकिने अठोड पनि झाँक्रीले सोहि ट्वीट मार्फत व्यक्त गरेकी छन्।
“हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज।”,झाँक्रीले ट्वीट गर्दै भनेकी छन्। ओलीलाई लक्षित गरेर चेतावनी दिनेक्रममा झाँक्रीले एक हिन्दी भाषाको उख्खान पनि उल्लेख गरेकी छन्।
झाँकी ट्वीटरमा लेख्छिन्,” विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड। हिन्दीमा एउटा कहावत छ: हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे… अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।”

