नेयमारको फ्रान्समा व्यापक आलोचना, भन्न सम्म भनियो !

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगबाट बाहिरिएपछि नेयमारको चर्को आलोचना भएको छ। इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग नमिठो हार बेहोर्दै पिएसजी बाहिरिएपछि नेयमारको फ्रान्समा चर्को आलोचना भएको हो।

पिएसजी च्याम्पियन्स लिगबाट बाहिरिएपछि नेयमार माथि हुन सम्म आलोचना भैरहेको छ। फ्रान्सबाट प्रकाशित हुने धेरै खेल पत्रिकाहरुले नेयमारको आलोचना गरेका छन्।

यस अगाडी सिटीसँग हार्दा नेयमार र एम्बाप्पे दुवैको आलोचना भएकोमा यस पटक सम्पूर्ण आलोचना नेयमारको भागमा परेको छ। सिटीसँगको हार पश्चात नेयमारको खेल शैली देखि उनको व्यवहार सम्मलाई फ्रेन्च पत्रिकाहरुले आलोचना गरेका छन्।

फ्रान्सबाट प्रकाशित हुने एक प्रमुख पत्रिकाले नेयमारलाई विचार नभएको ‘जिनियस;को संज्ञा दिएको छ। उक्त पत्रिकाले नेयमारको विषयमा टिप्पणी गर्दे तयार पारेको लेखलाई ‘नेयमार: अ जिनियस विथआउट आइडिया(Neymar: A genius without ideas)”शिर्षक दिएको छ। उक्त पत्रिकाले सिटी विरुद्ध नेयमारको प्रदर्शनलाई निराशजनक भनेको छ।

त्यस्तै अर्को एक फ्रान्सेली खेल पत्रिकाले सिटी विरुद्ध नेयमारको प्रदर्शनलाई १० मा २ रेटिंग दिंदै आफ्नो विश्लेषण सार्वजनिक गरेको छ। एम्बाप्पेको अनुपस्थितमा नेयमारले नेतृत्वदायी भूमिका निभाउन नसकेको फुटबल फ्रान्सको टिप्पणी छ।

“नेयमार, के यो ठट्टा थियो? के बल पाएपछि ६ पटक सम्म टच गर्न आवश्यक थियो?”,नेयमारको प्रदर्शन माथि टिप्पणी गर्दे फुटबल फ्रान्सले लेखेको छ,”नेयमारले सिटी विरुद्ध सबै आफैं गर्न सक्छु भन्ने घमण्ड देखाए। सिटी विरुद्ध नेतृत्व सम्हाल्नुपर्ने भएपनि नेयमार भावनाहरुका कारण विचलित भए।”

प्रकाशित : बिहिबार, बैशाख २३, २०७८११:२१

नेयमारले पैसाको मुख नहेर्ने, जसरी पनि बार्सिलोना फर्किने !