नेयमारले पैसाको मुख नहेर्ने, जसरी पनि बार्सिलोना फर्किने !

एजेन्सी – च्याम्पियन्स लिगबाट पेरिस सेन्ट जर्मेन(पिएसजी) बाहिरिएपछि एकाएक नेयमारले क्लब छाड्ने चर्चा पुनः शुरु भएको छ। पिएसजी च्याम्पियन्स लिगबाट बाहिरिएको केहि दिन पनि बित्न नपाउँदै नेयमारले क्लब छाड्ने चर्चा शुरु भएको हो।

विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुले गरेको दावीलाई मान्ने हो भने आउने ट्रान्सफर विन्डोमै नेयमारले पिएसजी छाड्नेछन्। पिएसजीमै रहेर च्याम्पियन्स लिग जित्ने चाहना पूरा हुन नसकेकाले पनि अब आउने समयमा उनले क्लब छाड्ने बताइन्छ।

नेयमार पिएसजी छाडेपछि बार्सिलोना फर्किने चर्चा छ। नेयमार आफैंले पनि विभिन्न समयमा लियोनेल मेस्सीसँग पुनः एक हुन चाहेको बताउने गरेका छन्। विभिन्न अन्तर्वार्ताहरुमा नेयमारले मेस्सी सँगै पुनः खेल्ने आफ्नो ठूलो चाहना रहेको बताइसकेका नेयमार बार्सिलोना फर्किने उच्च सम्भावना देखिन्छ। बार्सिलोना फिर्ता हुन नेयमार तलब घटाउन तयार रहेको समेत बताइन्छ।

बार्सिलोना पनि चाहन्छ नेयमारको फिर्ति

हाल बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले सबै भन्दा बढी प्राथमिकतामा लियोनेल मेस्सीलाई राखेका छन्। सिजनको शुरुवातमा क्लब छाड्ने निर्णय गरेका मेस्सीलाई जसरी पनि क्लबमै अड्याउने उनको योजना छ।

मेस्सीलाई क्लबमा अड्याउनका लागि सकेको सबै कदम चाल्ने लापोर्टाले सार्वजनिक रुपमै बताइसकेका छन्। विभिन्न रिपोर्टका अनुसार मेस्सी पनि नेयमारको साथ खोजिरहेका छन्। नेयमारको बार्सिलोना फिर्तिमा मेस्सीको भूमिका हुने धेरैको बुझाई छ।

प्रकाशित : बिहिबार, बैशाख २३, २०७८१४:००

रियलको हारमा रमाएका हाजार्डले माफी मागे, यसो भने !