नेयमारलाई नगिजोल्न बार्सिलोनालाई पिएसजीको चेतवानी !

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)ले बार्सिलोनालाई नेयमारको सम्बन्धमा एक सन्देश पठाएको छ। अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार पिएसजीले नेयमारलाई एक्लै छाड्न र नभड्काउन चेतवानी सन्देश पठाएको हो।

क्लबका अध्यक्ष नासेर अल खेलाफीले बार्सिलोनालाई एक सन्देश पठाएर नेयमारलाई एक्लै छाड्न आग्रह गरेको अन्तराष्ट्रिय संचार माध्यमहरु बताउँछन्। नेयमार पुनः बार्सिलोना फर्किने चर्चा चलिरहेका बेला यस्तो खबर आएको विभिन्न संचार माध्यमहरुको दावी छ।

पछिल्लो समय नेयमार बार्सिलोना फर्किने चर्चा ब्यापक रुपमा चलिरहेको छ। पिएसजीका रहेर च्याम्पियन्स लिग जित्ने सम्भावना कम देखेसँगै नेयमार बार्सिलोना फिर्तिको योजनामा अरहेको बताइन्छ।

केहि समय अगाडी नेयमारले आफू पिएसजीमै खुशी रहेको र आफू क्लबमै रहने सार्वजनिक अन्तर्वार्तामा बताएका थिए। यधपी पछिल्लो पटक नेयमारको मन बदलिएको र उनी बार्सिलोना फिर्ता हुन चाहिरहेको बुझिएको छ।

उता बार्सिलोना पनि नेयमारलाई फिर्ता ल्याउन पुनः सकारात्मक भएको छ। टोलीका सुपर स्टार लियोनल मेस्सीसँग पुनः सँगै खेल्नका लागि भएपनि नेयमार बार्सिलोना फर्किनेमा ढुक्क देखिन्छ। यता पिएसजी भने नेयमारलाई सहजै गुमाउने मनस्थितमा छैन।

पारिश्रमिक कटौंती गरेर भएपनि बार्सिलोना फर्किने नेयमारको योजना

पछिल्ला केहि रिपोर्टहरुलाई मान्ने हो भने नेयमार बार्सिलोना फिर्तिको लागि सकेको सबै गर्न तयार छन्। त्यसको लागि नेयमारले आफ्नो पारिश्रमिक कटौंती गर्ने सम्मका योजना बनाएको बताइन्छ।

प्रकाशित : शुक्रबार, बैशाख २४, २०७८१४:३५

सन् २००९ को च्याम्पियन्स लिगमा गरेको यो गोलले देखाउँछ रोनाल्डो फ्रिकिकका राजा नै हुन् !