सन् २००९ को च्याम्पियन्स लिगमा गरेको यो गोलले देखाउँछ रोनाल्डो फ्रिकिकका राजा नै हुन् !

एजेन्सी – क्रिस्टियानो रोनाल्डो जुन सुकै बेला खेल परिवर्तन गराउन सक्ने खेलाडीको रुपमा विश्वभर चर्चित छन्। हारिसकेको खेललाई समेत रोनाल्डोले आफ्नो पक्षमा पारेको धेरै उदाहरण छन्।

पछिल्लो समय केहि लय गुमाएपनि उनको गौरवपूर्व विगतलाई सायदै फुटबल मन पराउनेहरुले बिर्सिन सक्लान्। विगतमा म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिड मात्र नभई युभेन्टसमा उनले जुन स्तरको खेल प्रदर्शन गरेका छन्, त्यसले उनलाई फुटबलवृतमा आउने कयौं वर्ष सम्म चर्चा हुने खेलाडीको रुपमा उभ्याएको छ।

रोनाल्डो फ्रिकिक गोलका लागि पनि उत्तिकै चर्चित छन्। रोनाल्डोले गरेका कयौं फ्रिकिक गोलहरुले उनी कुन स्तरका खेलाडी हुन् भन्ने स्पष्ट पार्छ। यस्तै फ्रिकिक मध्ये एक थियो सन् २००९ मा रोनाल्डोले च्याम्पियन्स लिग अन्तर्गतको खेलमा रोनाल्डोले गरेको फ्रिकिक गोल।

आर्सनल विरुद्धको उक्त खेलमा रोनाल्डोले ४० यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक गोलमा परिणत भएको थियो। रोनाल्डोको उक्त गोल उनको करियरकै उत्कृष्ट फ्रिकिक गोलमा लिइन्छ।

म्यानचेस्टर युनाइटेडका लागि अन्तिम च्याम्पियन्स लिग खेल

रोनाल्डोले युनाइटेडका लागि अन्तिम च्याम्पियन्स लिग बार्सिलोना विरुद्ध खेलेका थिए। च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोना र युनाइटेड बीच भएको खेलमा बार्सिलोना विजयी भएको थियो। उक्त खेलमा भने रोनाल्डो गोल गर्न असमर्थ भएका थिए। उक्त खेलमा शमूएल इटो र लियोनेल मेस्सीले गोल गरेका थिए।

प्रकाशित : शुक्रबार, बैशाख २४, २०७८१५:५२

इन्टर सिरी ए च्याम्पियन बनेपछि मार्टिनेजले भने – “बार्सिलोना नगएर गज्जब गरेछु”