विकसित देशमै यस्तो थियो स्कुल बस? कहाँबाट भयो पहेलो बसको शुरुवात? जानेर पर्नुहुनेछ छक्क!

स्कूलको लागि बस चलाउने चलन पहिलो पटक उत्तर अमेरिकामा प्रयोग भएको थियो। त्यसबेला त्यहाँ कुनै मोटर सवारी साधनहरू थिएन।  घोडा गाडा  स्कूल टाढा रहेका विद्यार्थीहरूलाई ल्याउन र लैजान प्रयोग गरिन्थ्यो। २० औं शताब्दीको सुरूमा घोडा गाडाको ठाउमा बस प्रयोग गरिएको थियो।  जुन काठ र धातुले बनेको थिए र  पहेलो रंगमा चित्रित गरिएको थियो। जसलाई अन्य मोटर सवारीहरू भन्दा फरक देखिन्थ्यो। स्कुल बसको रंग पहेलो कलर राख्ने  शुरुवात उत्तर अमेरिकामा नै शुरू भयो। नेपाल, भारत, अमेरिका र क्यानडालगायत विश्वका धेरै देशहरूमा स्कूल बसहरू पनि पहेलो छन्। अहिले  यो रंग स्कुल बसको पहिचान भएको छ।

सर्वोच्च अदालतले स्कूल बसहरू सम्बन्धी धेरै नियमहरु जारी गरेको थियो।  जस अनुसार निजी स्कूल बसहरूको रंग पनि पहेलो हुनुपर्छ। यस बाहेक स्कूल बसको अगाडि र पछाडि ‘स्कूल बस’ लेख्नु पर्छ र यदि स्कूल बस भाडामा छ भने त्यसमा पनि ‘स्कूल बस ड्युटी’ लेख्नु पर्छ। नियम अनुसार यदि बच्चाहरू १२ बर्ष भन्दा कम उमेरका छन भने एक सिटमा ३ जना बच्चाहरूलाई स्कूल बसमा समायोजन गर्न सकिन्छ र यदि बच्चा १२ बर्ष भन्दा बढी उमेर भएमा उसलाई एउटा सीट दिनुपर्दछ।

स्कूल बसहरूको रंग पहेलो हुनुको पछाडि केहि वैज्ञानिक र सुरक्षाका कारणहरू छन्। सन् १९३० मा अमेरिकामा गरिएको एक अनुसन्धानले पुष्टि गर्दछ कि पहेलो रंग अरु भन्दा छिटो देखिन्छ र बाँकी रंग मध्येमा मान्छेको ध्यान पहेलो रंगमा पहिला जान्छ । वैज्ञानिकहरूको अनुसार, पहेलोमा अरु रंग भन्दा १.२४ गुणा बढी आकर्षण हुन्छ  ।त्यसैले  सुरक्षाको लागि पनि  स्कूल बसको रंग पहेलो राखिएको हुन्छ। किनकि यस्तो विश्वास गरिन्छ कि पहेलो रंगको कारण, बस टाढाबाट देखिन्छ। साथै, पहेलो बस वर्षा, रात, दिन वा कुहिरो सबै मौसममा सजीलो देखिन्छ। यसले गर्दा, दुर्घटनाको सम्भावना धेरै कम हुन्छ।

सर्वोच्च अदालतले राखेको नियम अनुसार स्कूल बसहरुमा प्राथमिक उपचार बक्स हुनु आवश्यक रहेको छ। यस बाहेक बस jhyal को बिचमा ग्रिल हुनुपर्दछ र स्कूलसँग सम्बन्धित सबै जानकारी बसमा उपलब्ध हुनुपर्दछ। साथै स्कूलको नाम हुनु आवश्यक छ र स्कूल बसको अधिकतम गति प्रति घण्टा ४० किलोमिटर हुनुपर्दछ।

प्रकाशित : शुक्रबार, बैशाख २४, २०७८१५:५४

मास्क लगाउँदा छोपिने भयो सुनको नत्थी, महिलाले लगाइन् अल्ट्रा प्रो म्याक्स लेभलको जुगाड !