मास्क लगाउँदा छोपिने भयो सुनको नत्थी, महिलाले लगाइन् अल्ट्रा प्रो म्याक्स लेभलको जुगाड !

एजेन्सी – अहिले विश्वभर कोरोना भाइरस संक्रमणको महामारी छ। कोरोना भाइरसबाट करोडौं मानिस संक्रमित भएका छन् भने लाखौंले ज्यान गुमाएका छन्।

कोरोना महामारी सँगै मास्क र सामाजिक दूरी अनिवार्य भएको छ। विश्वको कुनै पनि कुनामा धेरै मानिसहरु जम्मा हुने अवस्था छैन। जसकारण मानिसहरु आफ्नो रहन सहन परिवर्तन गर्न बाध्य भएका छन्।

त्यति मात्र नभई कोरोना भाइरस संक्रमणले फेसनमा पनि परिवर्तन ल्याएको छ। यस्तै एक परिवर्तित फेसन यति बेला चर्चामा छ। अनिवार्य मास्क लगाउनुपर्ने भएका कारण एक महिलाले अपनाएको एक जुगाडले धेरैलाई अचम्मित मात्र बनाएको छैन प्रभावित पनि गरेको छ।

भाइरल भएको जुगाड के हो ?

भारतका दीपांशु काबरा नाम गरेका एक आइपिएस अफिसरले केहि दिन अगाडी एक महिलाको तस्विर ट्वीट गरेका थिए। त्यस तस्विरमा एक महिला मास्कमा पनि सुन लगाइरहेको देखिएको थियो। तस्विर सार्वजनिक गर्दै उनले लेखेका थिए,”गहना जुगाड, स्तर सुपर अल्ट्रा प्रो म्याक्स”

मास्क लगाउँदा नाकमा लगाउने नत्थी छोपिने हुँदा ती महिलाले अपनाएको ‘जुगाड’ ट्वीटरमा भाइरल नै भएको छ। महिलाले अपनाएको उक्त जुगाडलाई धेरैले रमाइलोको रुपमा लिएका छन्।

 

प्रकाशित : शनिबार, बैशाख २५, २०७८१६:१५

सास फेर्न गाह्रो भएपछि पिपलको रुखमुनि बस्न गए कोरोना संक्रमित, यस्तो छ कारण!