जब डाक्टरले नर्गिसलाई मर्न दिनुस भने तब सुनिल दत्तले गरे यस्तो, थियो अचम्मको प्रेम!

नरगिस-सुनील दत्तको  प्रेम कहानी हिन्दी सिनेमाको फिल्म कहानीभन्दा कम छैन। यी दुईको प्रेम कहानीमा धेरै रोमान्स रहेको छ ।  जब नरगिस र सुनील दत्त पहिलो पटक बलराज साहनीको ‘दो बिघा जमिन’ को सेटमा भेटेका  थिए।  त्यस समय सुनील दत्त अभिनेता बन्ने तयारीमा थिए। तर नरगिस भने पहिलेदेखि नै चर्चित अभिनेत्री थिइन्।

यी दूई पहिलो भेटमा  एक-अर्कातिर आकर्षित भएका  थिएनन्। तर उनीहरूको तालमेल  १९५७ मा आएको महबूब खानको क्लासिक  ‘मदर इण्डिया’ आमा र छोराको रूपमा अभिनय गर्दा मिलेको थियो। यो फिल्म एक ब्लकबस्टर हिट भएको थियो र त्यही समय यी दुईले घर बसाउने निर्णय लिएका थिए।  सुनिल दत्त नरगिसको मायामा यति डुबेका थिए कि उनलाई भेट्दा उ डराउथे। उनीहरूको वैवाहिक जीवनमा सबै ठीक चलिरहेको थियो। यसैबीच एक दिन नरगिसलाई क्यान्सर भएको कुरा थाहा भएको थियो। यो कुरा थाहा पाएपछि सुनील निकै  टुटेका थिए।सुनिल दत्तलाई भने रिपोर्ट्सको विश्वास थिएन। उनले नरगिसको उपचारका लागि विदेश लिएर गएका थिए, जहाँ उनको  उपचार र किमोथेरापी शुरू भयो। यो प्रक्रिया  निकै दर्दनाक थियो। यस कारण नरगिस कोमामा गएकी थिइन्।

 

यस्तो अवस्थामा डाक्टरले आशा त्यागे तर सुनील दत्तलाई भने आफ्नो प्रेममा विश्वास थियो। उनलाई आफ्नो श्रीमती चाँडै उपचारबाट निको  हुन्छ भन्ने लाग्थ्यो। डाक्टरले भने सुनील दत्तलाई नरगिसलाई लाइफ सपोर्ट सिस्टमबाट हटाएर सधैँको लागि आनन्दको निन्द्रामा सुत्न छोडिदिनु भनेका थिए।

 

यसका लागि सुनिल दत्त तयार भएनन्। उनले श्रीमतीको  स्वास्थ्य ठीक हुने कामना गरिरहे। अचानक एक दिन नरगिस कोमाबाट बाहिर आईन् र उनका परिवार निकै खुशी भए। विस्तारै नरगिस निको हुन थालिन्। यो संजय दत्त ‘रकी’ फिल्ममा  डेब्यूको तयारी गर्ने समयमा हो।  नरगिस यस फिल्मको स्क्रीनिंग हेर्न चाहन्थिन्।  यसका लागि सबै प्रबन्धहरू पनि भएको थियो। तर छोरा बलिउडमा डेब्यु हुनुभन्दा तीन दिन पहिले नरगिसले सुनील दत्तलाई सदाका लागि छोडिन् । उनले ३ मे १९८१ मा अन्तिम सास लिएकी थिइन्  । यस घटना पछि सुनील दत्त पूर्ण रूपमा टुटेका थिए।

प्रकाशित : शनिबार, बैशाख २५, २०७८१७:०५

पहिलोपटक करिनाले आफ्नो दोस्रो सन्तानको तस्विर गरिन सार्वजनिक, कस्तो छन त?