पहिलोपटक करिनाले आफ्नो दोस्रो सन्तानको तस्विर गरिन सार्वजनिक, कस्तो छन त?

अभिनेत्री करीना कपूर खानले आफ्नो फ्यानसँग ‘मदर्स डे’ को मौकामा दुई छोराको तस्विर शेयर गरेकी छन्। र उनले मदर्स डेको शुभकामना दिएकी छिन् । मोनोक्रोम तस्वीरमा तैमूरले  आफ्नो सानो भाईलाई काखमा राखेका छन्। यधपी उनको कान्छो छोराको अनुहार देखिए पनि स्पष्ट रुपमा भने  देखिएको छैन।

फोटो शेयर गरेर करीनाले लेखिन् , ”यी दुईले मलाई भोलिको  राम्रोको लागि आशा दिन्छन्। तपाईहरु सबैलाई मातृ दिवसको  शुभकामना । ” करीना  र  उनको श्रीमान, अभिनेता सैफ अली खानले दोस्रो छोराको नाम खुलासा गरेका छैनन्।

करीनाले २१ फेब्रुअरीमा दोस्रो छोरा जन्माएकी  थिइन्। अभिनेत्रीले मातृ दिवसमा आफ्नो कान्छो छोराको पहिलो फोटो साझा गरेकी हुन् । नत्र यस अघि उनको अनुहार देखिने कुनैपनि तस्विर शेयर गरेकी छैनन्।  कामको कुरा गर्दा करीना आमिर खानसँग   फिल्म  ‘लाल सिंह चड्ढा’ मा देखिदै छिन्।

प्रकाशित : आइतबार, बैशाख २६, २०७८१७:५२

एक-अर्काको कपी नै देखिन्छन् यी बलिउड अभिनेत्री, एक त पिताको पूर्व प्रेमिका जस्तै देखिन्छिन् !