एक-अर्काको कपी नै देखिन्छन् यी बलिउड अभिनेत्री, एक त पिताको पूर्व प्रेमिका जस्तै देखिन्छिन् !

भनिन्छ कि एउटै अनुहार गरेका ७ मानिस यो संसारमा हुन्छन्। तर कहिलेकहिँ हामीले यो कुरा आफ्नै आँखाले पनि देख्न सक्छौं। एकै अनुहार गरेका दुई मानिस सायद प्राय: मानिसले देखेको हुनुपर्छ। उस्तै अनुहार भएकै कयौं व्यक्ति वास्तविकतामै हामी देख्न पाउँछौँ। बलिउड फिल्म क्षेत्र भित्रै पनि कति कलाकारहरुको एक-अर्कासँग अनुहार मिल्ने गरेको देख्न सकिन्छ। आज हामी तपाईंलाई यस्तै केहि बलियुड अभिनेत्रीको बारेमा बताउँछौं, जो उस्तै देखिन्छन्…..

ट्वीङ्गकल खन्ना र रविना टण्डन 

अभिनेत्री तथा निमात्री ट्वीङ्गकल खन्ना र ९० को दशककी चर्चित नायिका रविना टण्डनको अनुहार उस्तै रहेको चर्चा हुने गर्छ। एक झलक प्राय: मानिसलाई यी दुई कलाकार उस्तै लाग्छन् । खास कुरा के छ भने रबिना अक्षय कुमारको पूर्व प्रेमिका हुन भने ट्वीङ्गकल पत्नी हुन् ।

कट्रिना क्याफ र जरिन खान 

कट्रिना र जरिनको अनुहार पनि केहि हदसम्म मिल्न जान्छ। यी दुबै नायिका सलमान खानका पूर्व प्रेमिका मानिन्छ। कट्रिनासँग ब्रेकअप भएपछि सलमानले उनी जस्तै देखिने जरिनलाई बलिउडमा लेराएको भन्ने गरिन्छ।

ऐश्वर्य राय र स्नेहा 

ऐश्वर्या राय बच्चन र स्नेहाको अनुहार पनि एक अर्कासँग मिल्न जान्छ । स्नेहाले आफूलाई धेरैले छोटी ऐश्वर्या भनेर बोलाउने गरेको समेत बताउने गर्छिन् । ऐश्वर्यासँगको ब्रेकअप भएपछि सलमानले स्नेहालाई बलिउडमा भित्र्याउने तयारी गरेका थिए भने चर्चा सुन्न पाइन्छ।

सोनाक्षी सिन्हा र रिना रोय 

दबंगबाट बलिउडमा प्रवेश गर्ने सोनाक्षी र अभिनेत्री रिना रोयको अनुहार पनि एक-अर्कासँग मेल खान्छ। रिना पहिले सोनाक्षीका पिता शत्रुघन सिन्हाको प्रेमिका भएकोले पनि यो चर्चा अधिक हुने गर्छ।

प्रकाशित : बिहिबार, बैशाख ३०, २०७८२१:२८

रिल लाइफका गुण्डा रियल लाइफका हिरो: अनुप बिक्रम शाही, लकडाउनमा पनि गर्दैछन् यस्ता पुण्यका कार्य !