रिल लाइफका गुण्डा रियल लाइफका हिरो: अनुप बिक्रम शाही, लकडाउनमा पनि गर्दैछन् यस्ता पुण्यका कार्य !

नेपाली सिनेमा क्षेत्रको ह्यान्डसम हंक भनेर चिनिने कलाकार अनुप बिक्रम शाहीले थुप्रै चलचित्रमा नायक तथा खलनायक दुबैको भूमिका निभाइसकेका छन् । प्राय: चलचित्रमा नकारात्मक तथा खलनायकको चरित्रमा देखा पर्ने उनी वास्तविक जीवनमा भने हिरो रहेका छन् ।

पूरा संसारनै कोरोना भाइरसको महामारीसँग लडिरहेको समयमा अनुप भने समाज सेवामा बेस्त छन्। केहि समय यता अनुप सामाजिक कार्यमा निकै नै सक्रिय देखिएका छन् । अघिल्लो वर्षको लकडाउनमा पनि उनले खाद्यान्न देखि लिएर थुप्रै अत्यावश्यक सामग्रीहरु साहयोग स्वरूप वितरण गरेका थिए।

हालको समयमा पनि उनले उक्त कामलाई निरन्तरता दिएका छन्। अनुपले टोखाको ग्रीनल्यान्डस्थित हाम्रो बाल संरक्षण धरोहर नेपाल नामक बाल आश्रम पुगेर गत मंगलबार अनुपले डेढ महीनासम्मलाई पुग्ने खाद्यान्न वितरण गरेका छन् । उक्त आश्रममा रहेका ३२ बालबालिकालाई उनले १ लाख बराबरको राहत सामाग्री प्रदान गरेका हुन्।

नेपाली फिल्म क्षेत्रमा केहि चलचित्रमा नायक रुपमा देखिएपनी दर्शकले उनलाई खलनायकको भूमिकामा बढी रुचाउने गर्छन्। तर रिल लाइफका खलनायक वास्तविक जीवनमामा भने सबैको लागि उदाहरण तथा हिरो बनिरहेका छन् ।

प्रकाशित : शुक्रबार, बैशाख ३१, २०७८०९:२३

टिभीकी यी अभिनेत्री ‘खतरों के खिलाडी-११’ मा मस्ती गर्दै, हेर्नुहोस तस्विर!