बार्सिलोना भर्सेस एट्लेटिको : उपाधि होडमा निर्णायक हुन सक्ने खेलमा कसले मार्ला बाजी ?

एजेन्सी– ला लिगाको यो सिजनको उपाधि दौड रोमाञ्चक मोडमा पुगेको छ । जारी सिजनमा ४ चरणका खेल बाँकी छन् । मुख्यतः तीन टोलीबीच उपाधि भिडन्त रहेको छ ।

एट्लेटिको म्याड्रिड ७६ अंकका साथ शीर्षस्थानमा छ । समान ७४ अंकसहित गोलअन्तरमा रियल म्याड्रिड दोस्रो र बार्सिलोना तेस्रो स्थानमा छ । पछिल्लो खेलको हारबाट ७० अंक रहेको सेभिल्ला भने दौडमा केहि पछि परेको छ । यस्तो रोमाञ्चक मोडमा एट्लेटिको र बार्सिलोनाबीच शनिबार प्रतिस्पर्धा हुँदैछ ।

उपाधि दौडका लागि यो खेल महत्त्वपूर्ण हुने अनुमान गरिएको छ । एट्लेटिको विजयी भएको खण्डमा उसका लागि उपाधि दौड केहि सहज हुनेछ । बार्सिलोना जितेको खण्डमा भने उपाधि दौड थप रोचक र अंकअन्तर साँघुरो हुनेछ ।

ला लिगाको त्यो महत्त्वपूर्ण खेलमा दुई स्टारहरुमा विशेष नजर हुनेछ । बार्सिलोनाका एन्टोइन ग्रिजमन र एट्लेटिकोका लुइस सुआरेज । दुवैले यो सिजन समान १९ गोल गरेका छन् । सुआरेज बार्सिलोना र ग्रिजमन एट्लेटिकोका पूर्व स्टार हुन् । त्यसअर्थ पनि दुवैका लागि त्यो खेल केहि भावनात्मक रुपमा पनि अर्थपूण हुनेछ । दुवै खेलाडीले यो सिजन राम्रो प्रदर्शन गरिरहेका छन् ।

एट्लेटिकोको इतिहासमा सर्वाधिक गोल गर्नेको सुचीको पाँचौ स्थानमा छन् । उता सुआरेज बार्सिलोनाको सर्वाधिक गोल गर्ने खेलाडीको तेस्रो नम्बरमा छन् । दुवैले यसअघि १९ गोल गरिसकेका छन् । यदि दुवैमध्ये कुनै पनि खेलाडी गोल गर्न सफल हुन्छन् भने त्यो उपाधिका लागि निर्णायक पनि हुनसक्छ ।

यो सिजन सुआरेजका सबै गोल ला लिगामा सम्भव भएका हुन् । फ्रान्सेली ग्रिजमनले ला लिगामा १२, च्याम्पियन्स लिग र सुपर कोपा डि स्पानामा समान २ र कोपा डेल रेमा ३ गोल गरेका छन् । ग्रिजनले ४७ खेल सुआरेजले ३४ खेलमा त्यो गोल गरेका हुन् ।

पछिल्ला साताहरुमा ग्रिजमन उच्च फर्ममा छन् र नियमित रुपमा गोल गरिरहेका छन् । चोटमुक्त भएर फर्केपछि भने सुआरेजले गोल गर्न सकेका छैनन् ।

प्रकाशित : शनिबार, बैशाख २५, २०७८०९:०६

सुआरेजलाई विशेष सरप्राइज दिने बार्सिलोनाको तयारी !