सुआरेजलाई विशेष सरप्राइज दिने बार्सिलोनाको तयारी !

एजेन्सी – स्पेनिस ला लिगाको उपाधि होडमा रहेका क्याटलान क्लब बार्सिलोना र एट्लेटिको म्याड्रिड आज प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय अनुसार बेलुकाको ८ बजे क्याम्प नोउमा हुनेछ।

हालको अवस्थामा एट्लेटिकोले ७६ अंक सहित लालिगाको शिर्ष स्थानमा छ भने बार्सिलोना ७४ अंक सहित तेस्रो स्थानमा छ। दोस्रो स्थानमा रहेको रियल म्याड्रिडसँग पनि ७४ अंक छ।

आजको बार्सिलोनाले खेल जित्न सकेको खण्डमा एट्लेटिकोलाई पछि पार्दै शीर्षस्थानमा उक्लनेछ। त्यसो भए बार्सिलोनाले शीर्षस्थानको एट्लेटिकोलाई १ अंकले तथा दोस्रो स्थानको रियल म्याड्रिडलाई ३ अंकले पछि पार्नेछ ।

त्यस्तै एट्लेटिकोले जित्न सकेको खण्डमा ७९ अंक सहित उपाधि जित्ने सम्भावना बलियो हुनेछ भने बराबरी भएको खण्डमा पनि एट्लेटिको नै अगाडी हुनेछ।

आज हुने खेल विभिन्न कारणले गर्दा विशेष रहनेछ। शनिबार बेलुकाको खेलमा लुइस सुआरेज र एन्टोइन ग्रिजमन आ-आफ्नो पूर्व क्लब विरुद्ध खेल्नेछन्। यहि सिजन बार्सिलोना पुगेका सुआरेजले बार्सिलोना विरुद्धको सिजनको पहिलो खेल गुमाएका थिए। सुआरेजका लागि आज बार्सिलोना विरुद्धको खेल एट्लेटिको पुगेपछिको पहिलो खेल हुनेछ।

सुआरेजलाई सरप्राइज

बार्सिलोनाले खेल शुरु हुनु अगाडी सुआरेजलाई सरप्राइज दिने योजना दिने बनाएको खबर आएका छन्। स्पेनबाट प्रकाशित हुने पत्रिका ‘मार्का’का अनुसार बार्सिलोनाले सुआरेजलाई विशेष सरप्राइज दिने तयारी गरेको हो।

बार्सिलोनाका कप्तान रोनाल्ड कोम्यानले आफ्नो योजनामा नराखेपछि अपमानजनक ढंगमा एट्लेटिकोलाई पठाइएका सुआरेजलाई विशेष सम्मान दिने बार्सिलोनाको तयारी रहेको बताइन्छ।

सुआरेज माथि भएको व्यवहारलाई लिएर लियोनेल मेस्सी आफैंले पनि आपत्ति जनाउँदै आएका छन्। नवनियुक्त बार्सिलोना अध्यक्ष जोआन लापोर्टा पनि सुआरेजलाई राम्रोसँग बिदा गरिनु पर्ने पक्षमा छन्। जस कारण उनले विशेष सम्मान दिने तयारी गरेका छन्।

प्रकाशित : शनिबार, बैशाख २५, २०७८१२:२०

नेयमार बार्सिलोना फिर्ता हुने सम्भावना सकियो, पीएसजीसँगको सम्झौता थपे ! कहिले सम्म ?