नेयमार बार्सिलोना फिर्ता हुने सम्भावना सकियो, पीएसजीसँगको सम्झौता थपे ! कहिले सम्म ?

एजेन्सी – ब्राजिलियन स्टार फुटबलर नेयमार बार्सिलोना फिर्ता हुने सम्भावना पूर्ण रुपमा सकिएको छ। नेयमारले पेरिस सेन्ट जर्मेन(पीएसजी)सँगको सम्झौता थप गरेसँगै उनी बार्सिलोना फिर्ता हुने सम्भावना सकिएको हो।

फ्रान्सबाट प्रकाशित हुने एक मूख्य पत्रिकाका अनुसार नेयमारले पीएसजीसँगको सम्झौता सन् २०२६ सम्मको लागि लम्ब्याएका छन्। पीएसजी च्याम्पियन्स लिगबाट बाहिरएपछि नेयमार बार्सिलोना फिर्ता हुने चर्चा चलिरहेका बेला नेयमारले पीएसजीसँगको सम्झौता सन् २०२६ सम्मका लागि लम्ब्याएको उक्त पत्रिकाले जनाएको छ।

नेयमारले सम्झौता थालेको सम्बन्धमा जानकारी दिन शनिबार पीएसजीले पत्रकार सम्मेलन गर्ने बताइएको छ। नेयमारले के कति पारिश्रमिकमा सम्झौता थपेक हुन् भन्ने बारे पनि सोहि पत्रकार सम्मेलनमा जानकारी गराइनेछ।

नेयमारलाई नगिजोल्न बार्सिलोनालाई चेतवानी

केहि दिन अगाडी मात्रै पीएसजीले नेयमारलाई नगिजोल्न आग्रह गरेको समाचार आएको थियो। बार्सिलोनाले नेयमारलाई फिर्ता ल्याउन पटक-पटक प्रयास गरेपश्चात पीएसजीले त्यस्तो आग्रह गरेको थियो।

पारिश्रमिक कटौंती गरेर भएपनि बार्सिलोना फर्किने योजनामा थिए नेयमार

अपुष्ट रुपमा आएका समाचार अनुसार नेयमार पारिश्रमिक कटौती गरेर भएपनि बार्सिलोना फिर्ता हुने तयारीमा थिए भने बार्सिलोना पनि मेस्सी सँग खेल्नको लागि भएपनि बार्सिलोना फिर्ता हुनेमा ढुक्क थियो।

प्रकाशित : शनिबार, बैशाख २५, २०७८१३:१९

कसले जित्ला प्रिमियर लिग गोल्डेन बुट ? यी ५ खेलाडी बीच हुँदैछ प्रतिष्पर्धा !