नायिका वर्षालाई कोरोना पोजिटिभ: देखियो यस्तो लक्षण!

काठमाडौँ, बैशाख २६ । पछिल्लो समय कोरोनाको लहरले नेपाली चलचित्रका कलाकारलाई पनि छोएको छ । अभिनेत्री केकी अधिकारी कोरोना लागेर पनि यसबाट मुक्त भएकी छिन् । त्यस्तै अर्की नायिका वर्षा राउतलाई भने कोरोना संक्रमण देखिएको  छ । वर्षाले सामाजिक संजालमार्फत आफुलाई कोरोना पोजिटिभ देखिएको जानकारी दिएकी  हुन्।

उनले आफु ठिक रहेको र गन्ध नआउने  र खोकी लाग्ने भने भएको  बताएकी छिन्। साथै सबै सुरक्षाको सावधानी अपनाउँदै आइसोलेसनमा रहेको र चाडै निको  भएर बाहिर आउने अपेक्षा गर्दै सबैलाई सुरक्षित रहन समेत आग्रह गरेकी छिन् ।

यस अघि हास्यकलाकार  कलाकारहरु मदनकृष्ण श्रेष्ठ, गायक प्रकाश सपुत, दिपक आचार्य, शिल्पा मास्के लगायतलाई कोरोना पोजिटिभ देखिएको थियो।

प्रकाशित : आइतबार, बैशाख २६, २०७८०९:५९

एसइई र कक्षा १२ को परीक्षाबारे आयो यस्तो जानकारी, बिद्यार्थी अन्योलमा!