एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्ष चारको दौडमा रहेको युभेन्टस र एसी मिलानले आज राति प्रतिस्पर्धा गर्दैछ । खेल युभेन्टसको मैदानमा नेपाली समयअनुसार राति १२:३० बजे हुनेछ ।
चौथो स्थानमा रहेको साविक विजेता युभेन्टस घरेलु मैदानमा हुने खेलमा मिलाललाई हराउँदै शीर्ष चारको सम्भावनलाई थप बलियो बनाउने लक्ष्यमा हुनेछ । युभेन्टस ३४ खेलबाट ६९ अंक जोडेर चौथो स्थान समान ६९ अंक नै रहेपनि मिलान गोल अन्तरमा पाँचौ स्थानमा छ ।
अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाउन दुवै टोलीलाई यो खेल जित्नपर्ने दबाब छ । एटलान्टा ३४ खेलमा ६९ अंक नै जोड्दै तेस्रो स्थानमा रहँदा दोस्रो स्थानको नेपोलीको ३५ खेलमा ७० अंक छ । लिग विजेता इन्टरले ३५ खेलमा ८५ अंक जोडेको छ ।
युभेन्टससँग सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो, अल्भारो मोराटा, फेडरिको चिइसा,एड्रियन राविओट, जुआन कोर्डाडो, रोड्रिगो बेन्टानकर, एलेक्स सान्द्रो, जर्जियो चिलियानी, म्याथ्थिज डि लेग्ट, डानिलो र गोलरक्षक वजचिएक सिजेस्नी टोलीमा रहेका छन् ।
यता, मिलान पनि घरेलु टोली युभन्टसलाई पराजित गर्दै शीर्ष चारको यात्रालाई जीवितै बनाउने लक्ष्यमा हुनेछ । टोलीसँग भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिच, राफयल लियो, हकान कलहानोग्लु, एलेक्सिस साइलमेकर्स, फ्रान्क केइसी, इस्माइल बेनासेर, थियो हर्नान्डेज, फिकायो तोमोरी, डाभिड कालाव्रिया, सिमोन काजिर र गोलरक्षक जियानलुजी डोन्नररुम्मा रहेका छन् ।
यि दुई टोलीको पछिल्लो ३२ भेटमा युभेन्टस २२ खेलमा विजयी भएको छ । मिलानले ६ खेल आफ्नो पक्षमा पार्दा ६ खेल बराबरीमा सकिएको छ । पछिल्लोपटक युभेन्टसले मिलानलाई उसकै मैदानमा ३–१ ले हराएको थियो ।