यी खेलाडी भन्छन् – “रोनाल्डो हरेक पल गोलका लागि जिउँछन्”

एजेन्सी – एसी मिलानका डिफेन्डर साइमन कजायरले क्रिस्टियानो रोनाल्डो गोल गर्न ज्यान दिने खेलाडी रहेको बताएका छन्।

युभेन्टस र एसी मिलान बीच प्रतिष्पर्धा हुनु अगाडी एक मिडियासँग कुराकानी गर्दे साइमनले रोनाल्डो गोल गर्न सकेको सबै गर्ने खेलाडी रहेको बताएका हुन्।

युभेन्टससँग भिड्नु अगाडी कजायरले रोनाल्डोको खुलेरै प्रशंसा गरे। रोनाल्डो गएको वर्षहरुमा धेरै परिवर्तन भएपनि गोल गर्नको लागि रोनाल्डोले गर्ने मिहिनेतको जति तारिफ गरेपनि नपुग्ने कजायरको भनाई छ।

“११ – १२ वर्ष अगाडी भन्दा अहिले उनीमा धेरै परिवर्तन आएको छ।”,उनले भने,”साँचै नै उनी धेरै परिवर्तन भएका छन्। तर, उनी जहिले पनि सच्चा च्याम्पियन रहे। यसमा छलफल गरिरहन आवश्यक म देख्दिन।”

खेल सकिन जति नै थोरै समय रहेपनि रोनाल्डो गोल गर्न खेल्ने साइमनले दावी गरे। गोल गर्ने र हरेक खेलमा सुधार गर्ने दृढ इच्छाशक्तिका कारण रोनाल्डो लगातार १०-१५ देखि शीर्ष स्थानमा रहेको उनले बताए।

उनले भने,”उनी गोलका लागि जिउँछन्। खेलको ९० मिनेटमा केहि बल मात्र बाँकि छ भने पनि उनी गोल गर्न लगातार प्रयास गर्छन्। यसै कारणले गर्दा त १०-१५ वर्ष देखि लगातार फुटबलको शिर्ष स्थानमा छन्।”

प्रकाशित : आइतबार, बैशाख २६, २०७८१५:४५

मेस्सीको उत्कृष्ट लयका बाबजुत पनि बार्सिलोनाबाट लालिगा यसकारण चिप्लियो …