मेस्सीको उत्कृष्ट लयका बाबजुत पनि बार्सिलोनाबाट लालिगा यसकारण चिप्लियो …

एजेन्सी – गएराति भएको लालिगा अन्तर्गतको खेलमा बार्सिलोना र एट्लेटिको म्याड्रिडले गोलरहित बराबरी खेले। कुनै पनि टिमबाट गोल हुन नसक्दै दुवैले एक-एक अंक बाडे।

खेल आफ्नो पक्षमा पार्न नसक्दा बार्सिलोनाले शिर्ष स्थानमा रहने मौका मात्र गुमाएन, लालिगा च्याम्पियन बन्ने मौका पनि गुमायो। बार्सिलोना र एट्लेटिको बराबरी खेल्दा सबै भन्दा बढी रियल म्याड्रिडलाई फाइदा भयो।

बराबरीपश्चात शीर्षस्थानमा रहेको एट्लेटिकोले ३५ खेलबाट ७७ अंक जोडेको छ । बार्सिलोनाको ७५ अंक छ भने एक खेल कम खेलेको रियल म्याड्रिडको ७४ अंक छ । रियलले सेभियालाई हराउन सके शीर्षस्थानमा उक्लने छ । समान ७७ अंक रहेपनि रियल हेड टु हेडमा शीर्षस्थानमा उक्लनेछ ।

हालको अवस्था हेर्दा बार्सिलोनाको हातबाट लालिगा उम्किसकेको छ। यस्तो हुँदा हाल बार्सिलोनाको हातबाट लालिगा किन चिप्लियो भन्ने बारे विश्लेषण हुन शुरु भएको छ। स्पेनबाट प्रकाशित हुने पत्रिका मार्काले बार्सिलोनाबाट लालिगा उम्किनुका निम्न कारण औंल्याएको छ।

बिर्सन लायक सिजनको पहिलो सत्र

बार्सिलोना लालिगा च्याम्पियन बन्नबाट बिमुख हुनुका पछाडी मूख्य कारण सिजनको पहिलो सत्रमा गरेको कम्जोर प्रदर्शनलाई मान्न सकिन्छ। सिजनको पहिलो सत्रमा बार्सिलोनाले खासै राम्रो प्रदर्शन गर्न सकेको थिएन। टोलिमा भएको विभिन्न परिवर्तन र प्रशिक्षक परिवर्तनका कारण बार्सिलोनाले सिजनको शुरुवातमा लय समाउन सकेको थिएन।

ठूला क्लबहरुलाई पराजित गर्न नसक्नु

बार्सिलोनाले जारी सिजनमा प्रतिष्पर्धी क्लबहरुलाई पराजित गर्न सकेन। बार्सिलोनाले रियल विरुद्ध खेलेका दुवै खेल हार्यो भने एट्लेटिको विरुद्ध पनि एक खेल हार्दै एक खेलमा बराबरी गर्यो।

ग्रानाडाको झड्का

दुई हप्ता अगाडी ग्रानाडाले बार्सिलोनाले दिएको झड्कालाई बार्सिलोनाले लालिगा च्याम्पियन बन्न नसक्नुको कारण मान्न सकिन्छ। ग्रानाडाले बार्सिलोनालाई क्यामो नोउमा २-१ को गोल अन्तरले हराएको थियो।

महँगा गल्ती र खराब फुटबल

लियोनेल मेस्सी र एन्टोइन ग्रिज्मान राम्रो लयमा रहेको कुरालाई नकार्न सकिँदैन। दुवै खेलाडीले सुधारिएको प्रदर्शन गरिरहेका छन्। यधपी अन्य खेलाडीहरु भने खासै जम्न सकिरहेका छैनन्। साथै बार्सिलोनाले डिफेन्ड गर्दा विभिन्न खेलहरुमा गल्ती गरेको छ र गोल अन्य क्लबलाई सुम्पिएको छ।

प्रकाशित : आइतबार, बैशाख २६, २०७८१९:२२

घरेलु मैदानमै हार्यो युभेन्टस, च्याम्पियन्स लिग चिप्लिने अवस्थामा !