प्रधानमन्त्रिलाई खनाल-नेपाल समूहले दिए अन्तिम अल्टिमेटम!

नेकपा एमालेको खनाल–नेपाल समूहका सांसदहरूको आइतबार साँझ सिंहदरबारमा बसेको बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूहरूको माग पूरा गर्न सोमबार बिहान ९ बजेसम्मको अन्तिम अल्टिमेटम दिएको छ ।पार्टी ब्युँताउने सर्वोच्च अदालतको फैसलाअनुसार फागुन २८ गतेको निर्णय खारेज गर्दै पार्टीलाई २०७५ जेठ २ मा फर्काएर पुरानै कमिटीलाई ब्युँताउने प्रतिबद्धता जनाउन नेपाल पक्षले अन्तिम अल्टिमेटम दिएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

एमाले नेता योगेश भट्टराईले पार्टी अध्यक्ष ओली आफूहरूलाई किनारा लगाउने ढंगले अघि बढेमा कठोर निर्णय गरिने चेतावनी दिनुभएको छ । अध्यक्ष ओलीले आफूहरूले उठाएको माग सम्बोधन नगरे साढे ९ बजे बैठक बसेर राजीनामा वा अन्य कुनै निर्णय लिइने भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित : सोमबार, बैशाख २७, २०७८०८:०९

संसद् बस्नुअघि नै ओलीले अस्त्र प्रयोग गर्ने !