बाबुरामले बताए ओलीलाई आजै हटाउनुपर्ने ४ कारण !

काठमाडौँ – जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आजै प्रधानमन्त्रीबाट बिदा गरिनुपर्ने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदसँग विश्वासको मत माग्न लागिरहेको अवस्थामा भट्टराईले सोमबार बिहानै एक ट्वीत गर्दे ओलीलाई आज नै बिदा गरिनुपर्ने बताएका हुन्।

संविधान विपरित संसद विघटन गर्ने र दुई तिहाई नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेल्ने ओलीलाई हटाउनुको विकल्प नरहेको भट्टराईको बुझाई छ। साथै भट्टराईले ओली कोरोना नियन्त्रणमा पूर्ण असफल भएको पनि आरोप लगाएका छन्।

“ओलीलाई आजै विदाइ गर्नुपर्ने प्रमुख कारण:१. कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको;२.संविधान विपरित संसद बिघटन गरेर र २/३नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको;३.संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको;४.खोप/औषधि खरिदमा समेत भ्रष्टाचार गरेको!”,भट्टराईले ट्वीट गर्दे भनेका छन्।

प्रकाशित : सोमबार, बैशाख २७, २०७८१०:२८

लगातार बढ्दै सुनको मूल्य, आज १८ दिन यताकै महँगो !