यो हप्ता यी चार राशिलाई सबै भन्दा बढी शुभ !

वृष राशि

यस हप्ता वृष राशि हुनेहरुका लागि धेरै शुभ हुने देखिन्छ। हप्ताका शुरुवाती दिनमै विभिन्न प्रकारका लाभ मिल्नेछन्। आर्थिक पक्ष सवल बन्दा मानसिक रुपमा तनाव घटेर जानेछ। जीवनमा कयौं सकारात्मक परिवर्तन हुने योग छ। पारिवारिक दायित्व सहजै पूरा गर्न सकिनेछ। स्वास्थ्यले पनि साथ दिनेछ। योग तथा धर्ममा मन जाने देखिन्छ। शिक्षाको क्षेत्रमा पनि हप्ता धेरै शुभ छ।

धनु राशि

हप्ता धनु राशि हुनेहरुका लागि पनि धेरै शुभ देखिन्छ। हप्ताको शुरुवातमै अड्किएका कार्य शुरु हुनुका साथै डुबेका धन फिर्ता हुने देखिन्छ। धेरै समय देखि नउठेका रकम उठ्न सक्ला। स्वास्थ्यमा पनि सुधार देखिनेछ। परिवारको मात्र नभई आफन्तजनको समेत साथ मिल्दा आइपरेका समस्याहरुसँग सहजै लड्न सकिनेछ। शत्रु पनि सहजै पराजित हुनेछ्न्।

मकर राशि

मकर राशि हुनेहरुका लागि यो हप्ता धेरै नै विशेष हुनेवाला छ। हप्ताको शुरुवातमै शुभ समाचार मिल्ने देखिन्छ। प्रेम जीवन सप्ताहभर उत्साहप्रद रहनेछ। सबै काममा परिवारको साथ मिल्दा उर्जा बढेको महसुस हुनेछ। खेलाडीहरुका लागि हप्ता धेरै नै शुभ देखिन्छ भने कलाको क्षेत्रमा रहनेहरुले पनि यस हप्ता सफलता प्राप्त गर्नेछन्। विद्यार्थीहरुका लागि पनि हप्ता शुभ देखिन्छ।

मीन राशि

अत्यधिक व्यस्तताका बाबजुत पनि परिवारका लागि समय निकाल्न सफल भइनेछ। हप्ताको शुरुवातमै प्रियजनसँग भेटघाट हुन सक्ने योग छ। कार्यक्षेत्रमा सबैको सहयोग प्राप्त हुनेछ भने शत्रुहरु सहजै पराजित हुनेछन्। उच्च अधिकारीहरुसँगको सम्बन्धमा सुधार आउनुका साथै पदोन्नती हुने पनि देखिन्छ। यधपी स्वास्थ्य भने मध्यम रहनेछ।

प्रकाशित : सोमबार, बैशाख २७, २०७८१३:१६

आउने आइतबार सम्म राशि अनुसार तपाईका लागि यस दिन हुनेछ सबै भन्दा बढी शुभ !