आउने आइतबार सम्म राशि अनुसार तपाईका लागि यस दिन हुनेछ सबै भन्दा बढी शुभ !

मेष राशि

मेष राशि हुनेहरुका लागि आज देखि आउने आइतबार सम्मको बीचमा बुधबारको दिन अलि बढी अशुभ देखिन्छ। त्यस दिन स्वास्थ्यमा समस्या आउँदा दैनिकीमा केहि नकारात्मक प्रभाव पर्न सक्ला।

वृष राशि

वृष राशि हुनेहरुका लागि सोमबार अथवा आजको दिन अली बढी अशुभ छ। अत्याधिक भागदौडका कारण स्वास्थ्यमा समस्या आउन सक्ला। साथै बोलि तथा व्यवहारमा नियन्त्रण नहुँदा पनि समस्या पर्ने देखिन्छ।

मिथुन राशि

मिथुन राशि हुनेहरुका लागि शुक्रबार अलि बढी अशुभ देखिन्छ। त्यस दिन आर्थिक समस्याहरु आइपर्नेछन्। परिवारमा स्वास्थ्य समस्या देखा पर्न सक्ला।

कर्कट राशि

कर्कट राशि हुनेहरुका लागि आउने आइतबार अलि बढी अशुभ देखि देखिन्छ। त्यस दिन शत्रुहरु सकिय हुने देखिन्छन्। आफ्नै गल्तिका कारण प्रतिष्पर्धामा पछाडी पारिनेछ। त्यस दिन स्वास्थ्यमा पनि समस्या देखिन सक्ला।

सिंह राशि

सिंह राशि हुनेहरुलाई आउने शनिबार केहि अशुभ देखिन्छ। त्यसदिन सबै पक्ष सकारात्मक रहेपनि आर्थिक पक्ष भने कम्जोर रहनेछ। अनावश्यक क्षेत्रमा खर्च गर्नुपर्नेछ। परिवारमा कुनै पनि स्वास्थ्य समस्या नहोस् भन्नका लागि सतर्क रहनु पर्ला।

कन्या राशि

कन्या राशि हुनेहरुका लागि मंगलबार अशुभ देखिन्छ। शत्रु सक्रिय भएर लाग्ने देखिन्छ। असफल गराउन शत्रुहरुले धेरै प्रयास गर्ने हुँदा सतर्क रहनु होला। स्वास्थ्यमा पनि समस्या देखिन सक्छ।

तुला राशि

तुला राशि हुनेहरुलाई बिहिबार अशुभ देखि देखिन्छ। गुप्तशत्रु सक्रिय हुनेछन्। विवाद तथा कानुनी झमेलामा फस्नुपर्दा दिननै प्रभावित हुनेछ। त्यस दिन स्वास्थ्यमा पनि समस्या रहन सक्ला। आर्थिक रुपमा पनि समस्या उत्पन्न हुन सक्ने देखिन्छ।

वृश्चिक राशि

वृश्चिक राशि हुनेहरुलाई आउने आइतबार अलि बढी नै अशुभ हुनेवाला छ। त्यस दिन बहुमूल्य वस्तु हराउन सक्ने देखिन्छ। स्वास्थ्यलाई लिएर त्यस दिन अलि बढी नै सतर्क रहनु पर्नेछ।

धनु राशि

धनु राशि हुनेहरुका लागि बिहिबार अशुभ रहनेछ। त्यसदिन अलि बढी नै विवाद रहने हुँदै बोलि तथा व्यवहारमा नियन्त्रण आवाश्यक रहने देखिन्छ। त्यसदिन सकेसम्म आर्थिक लेन-देन पनि नगरेकै राम्रो होला।

मकर राशि

मकर राशि हुनेहरुका लागि आउने आइतबार अलि बढी नै अशुभ रहने देखिन्छ। त्यसदिन पारिवारिक कलह बढ्ने देखिन्छ भने मानसिक रुपमा पनि तनाव बढेर जानेछ। महत्वपूर्ण सामान चोरी हुन सकने हुँदा सतर्क रहनु होला।

कुम्भ राशि

शनिबार कुम्भ राशि हुनेहरुका लागि केहि कष्टकर रहने देखिन्छ। त्यसदिन स्वास्थ्यमा समस्या देखा पर्नेछ। उच्चाधिकारिहरुसँगको सम्बन्धमा दरार पनि आउन सक्ला। त्यस दिन यात्रा गर्न पनि शुभ देखिँदैन।

मीन राशि

मीन राशि हुनेहरुलाई आउने एक हप्तामा शुक्रबार अलि बढी शुभ देखिन्छ। क्रोधमा नियन्त्रण नहुँदा समस्या पर्न सक्ला। बोलिका कारण पनि आलोचित भइने देखिन्छ। साथै आर्थिक रुपमा पनि शुक्रबार अलि कष्टकर रहन सक्ला।

प्रकाशित : सोमबार, बैशाख २७, २०७८१४:४३

ग्रहचक्रमा चार ग्रहको उथलपुथल, १२ राशिलाई नै असर ! कुन राशिलाई कस्तो ? हेर्नुहोस् !