एक छोराको अन्तिम संस्कार गरेर घर फर्किंदा कोरोनाले नै लग्यो अर्का छोरालाई पनि !

कोरोना महामारीले सबै मानिसको जीवन निकै नै कष्टकर बनाएको छ। नेपाल र भारतमा यसको दोस्रो लहरले अहिले भयावह रुप लिएको छ। भारतमा दैनिक लाखौंको संख्यामा कोरोना संक्रमित फेला परिरहेका छन् भने हजारौंले ज्यान गुमाइरहेका छन्।

पहिलो लहर भन्दा दोस्रो लहर अत्यन्त भयावह हुँदै गर्दा भारतमा केहि त यस्ता घटनामा घटेका छन् जसको बारेमा सुन्दा पनि मानिसको होस् उड्न सक्छ। भारतको नोयडाको जलालपुर गाउँमा एक यस्तो घटना घटेको छ कि जसको बारेमा सुनेर मात्र पनि तपाईंको आँखामा आँसु आउन सक्छ। उक्त गाउँका एक युवाले कोरोना संक्रमणको कारण ज्यान गुमाए।

उक्त मानिसको अन्तिम संस्कार उनका बुबाले गरे। तर जब ती बुबाले आफ्ना छोराको अन्तिम संस्कार गरेर घर आइपुगे उनले जे देखे सायद त्यो कुनै पनि बुबाले देख्न नपरोस्। एक छोराको अन्तिम संस्कार सकेर घर फर्किएका बुबाले घरमा अर्का छोराको मृ-त्यु भएको देख्नु पर्यो। उनले केहि समयको अन्तरमा कोरोना भाइरसको कारण आफ्ना दुई छोरा गुमाउनु पर्यो।

अंतर सिंह नाम गरेका ती पिताले आफ्नो छोरा पंकजलाई गुमाएका थिए । कोरोनाका कारण अर्को छोरा दिपकले पनि संसार छोडे । मिडिया रिपोर्टका अनुसार उक्त गाउँमा कोरोनाका कारण हालसम्म १८ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित : बुधबार, बैशाख २९, २०७८१२:४७

भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५० हजार नाघ्यो