युभेन्टसका खेलाडी रोनाल्डोसँग रुष्ट, क्रिस्टियानो माथि लाग्यो यस्तो आरोप !

फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई आवश्यक भन्दा धेरै स्वतन्त्रता दिएको भन्दै युभेन्टस ड्रेसिंग रूमबाट उनलाई अलग गरिएको बताइएको छ। इटालियन आउटलेट ला ग्याजेटा डेल्लो स्पोर्टका अनुसार रोनाल्डो क्लबको गत सोमबारको प्रशिक्षणमा सामेल नभएपछि टुरिनमा तनाव बढिरहेको छ।

रोनाल्डोलाई क्लबले मरेनेल्लोको सुपरकार निर्माताबाट १.४ मिलियन डलरको फरारी मोन्जा लिनको लागि छुट्टी दिइएको थियो। पाँच पटकका ब्यालुन डी ओर विजेतासँग युभेका अध्यक्ष एन्ड्रिया अग्नेली र सीईओ जोन एल्कन पनि थिए। एसी मिलानसँग ३-० को हारपछि निराश भएका युभे टिममेटका लागि भने रोनाल्डोलाई दिइएको अवसर निराशजनक रहेको बुझिन्छ।

त्यस्तै, रिपोर्टसका अनुसार रोनाल्डोका केहि टिममेटले उनलाई क्लबले आवश्यक भन्दा बढी स्वतन्त्र दिएको महसुस गरिरहेका छन्। यसअघि, सनस्पोर्टले रिपोर्ट गरेको थियो कि रोनाल्डोलाई इटालियन प्रेसले एसी मिलानको विरुद्ध ‘उनको सबैभन्दा खराब खेलहरू मध्ये एक’ पछि निशाना बनाएको थियो। मिलानसँगको उक्त हार क्लबलाई निकै महँगो पर्न सक्छ।

उक्त हारको कारण अब क्लबले अर्को सिजनको च्याम्पियन्स लिगको लागि छनौट हुनको लागि पनि अरु टोलीको खेलमा निर्भर गर्नु पर्ने भएको छ। लिगको अन्तिम एक खेल बाँकी रहँदा युभेन्टस टेबलको पाँचौ स्थानमा रहेको छ। च्याम्पियन्स लिगमा छनौट हुनको लागि युभेले आफ्नो अन्तिम खेल जित्नुका साथै एसी मिलान र न्यापोली मध्ये एक क्लबले अंक गुमाउनु पर्नेछ।

गयराती एसी मिलान क्यागलीयारीसँग बराबरीमा रोकिएपछि भने युभेन्टसको अवस्थामा केहि सुधार आएको छ। दोस्रो स्थानमा रहेको एटालान्टाको ७८ अंक छ भने तेस्रो र चौंथो स्थानमा रहेका क्रमश: न्यापोली र एसी मिलानको समान ७६ अंक रहेको छ भने पाँचौं स्थानमा रहेको युभेन्टसको ७५ अंक रहेको छ।

प्रकाशित : सोमबार, जेठ ०३, २०७८१९:२३

एम्बाप्पे भर्सेस हलाण्ड: को उत्कृष्ट भनेर सोध्दा रोनाल्डोले दिए गज्जबको जवाफ !