बलिउडको चर्चित कोरियोग्राफर गीता कपूर बलिउड इंडस्ट्रीकी ति सुन्दरी हुन्, जसको अहिलेसम्म बिहे भएको छैन। यसैबीच गीताको केहि फोटो बाहिरिएको छ, जुनले सामाजिक सञ्जालमा तहल्का मच्चाईरहेको छ। वास्तवमा यी तस्विरमा गीताको सिउँदोमा सिन्दुर रहेको छ।

दर्शकको अनुसार गीताले गोप्य विवाह गरेकी छन्। गीता कपूरलाई रातो पहिरनमा निकै सुन्दर देखिएको छ। उनले आफ्नो लुकलाई हल्का मेकअप, रातो लिपस्टिक, सिन्दुरले पूरा गरेकी छन्। यसका साथै घाटीको नेकलेस, औँठी र झुम्काले उनको लुकलाई परफेक्ट बनाएको छ।
फ्यान गीताको फोटो देखेर प्रश्न गरिरहेका छन् कि आखिर यो सिन्दुर कसको नामको हो ? एक फ्यानले लेखेका छन् , माको सिउँदोमा सिन्दुर …माको बिहे कहिले भयो ?

एक फ्यानले लेखेका छन्, ‘माको सिउँदोमा सिन्दुर ..माको विवाह कहिले भयो । अर्काे एकले लेखेका छन् सिन्दुर कसको नामको हो मा ।’
गीता कपूर डान्स रियालिटी शो ‘सुपर डान्सर च्याप्टर ४ ‘ को जज हुन् । गीता कपूरले ‘फिजा’ , ‘अशोका’ , ‘साथिया’ , ‘हे बेबी’, ‘अलादीन’ जस्ता फिल्ममा कोरियोग्राफी गरिसकेकी छन्क। गीता कपूरको फ्यान उनलाई ‘गीता मां’ भनेर बोलाउँछन्।

