सलमानको स्टारडमले हावा खायो, दर्शकले दिए जोडदार झड्का !

मुम्बई । लामो समयपछि बलिउड अभिनेता सलमान खानको नयाँ चलचित्र ‘राधे– योर मस्ट वान्डेट भाई’ १३ मेदेखि प्रदर्शनमा आएको छ । कोरोनाका कारण लगाइएको लकडाउनपछि यस चलचित्रलाई ओटिटी प्लेटफर्म जि ५ मार्फत प्रदर्शन गरिएको थियो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

प्रदर्शन अगावै व्यापक चर्चा कमाएको चलचित्रले सोचेजस्तो सफलता भने पाउन सकेन । अभिनेता सलमान र निर्माताले जे अपेक्षा गरेका थिए, अहिले यति राम्रो समीक्षा यसले पाउन सकेको छैन । आइएमडिबीमा यस चलचित्रलाई राम्रो रेटिङ मिल्न सकेन । कुल १० रेटिङमा यसले केवल २ दशमलव १ रेटिङमात्रै पायो । जसको अर्थ सलमानको स्टारडम यसपटक पूरै फ्लप सावित भयो ।

प्रदर्शनअघि ‘राधे’ लाई बहिष्कार माग गर्दै सामाजिक सञ्जालमा अभियान नै चलेको थियो । स्वर्गीय अभिनेता सुशान्तसिंह राजपूतका प्रशंसकले यो अभियान चलाएका थिए । ह्यासट्याग वाइकट राधे सामाजिक सञ्जालमा ट्रेडिङमा समेत आएका थियो । यस्तै बलिउडका कहलिएका निर्देशक महेश भट्टको चलचित्र ‘सडक २’ ले पनि खासै राम्रो गर्न सकेन । चलचित्र प्रदर्शनमा आएसँगै मानिसले लाइकभन्दा धेरै डिसलाइक गरेका थिए ।

प्रकाशित : मङ्गलबार, जेठ ०४, २०७८१०:०२

यी ५ युवतीलाई प्रेममा पारेर धोका दिए सलमान खानले !