फुत्किसकेको लालिगा शिर्षस्थान सुआरेजको यो उत्कृष्ट गोलका कारण फिर्ता भयो ! [भिडियो सहित]

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको ३७ औं चरणको खेलमा जित दर्ता गर्दै एटलेटिको म्याड्रिड लिगको शीर्षस्थानमा कायम रह्यो। अत्यन्तै प्रतिष्पर्धात्मक बनेको खेलमा एटलेटिकोले ओसासुना विरुद्ध पुनरागमन जित निकाल्यो। एटलेटिकोको उक्त्रिष्ट पुनरागमन सँगै ओसासुना २-१ ले पराजित भयो।

एटलेटिको र ओसासुना बीचको खेलमा भएका सम्पूर्ण गोल १३ मिनेटको अन्तरमा भएको थियो। जित्नै पर्ने दबावमा रहेको एटलेटिकोले खेललाई पकडमा राखेपनि पहिको`पहिलो गोल ओसासुनाले गरेको थियो।

ओसासुनाका आन्टे बुडिमिरले दोस्रो हाफको ७५ औं मिनेटमा गोल गर्दै ओसासुनालाई अग्रता दिलाएका थिए । उनले रुबेन गार्सियाको क्रसमा हेडरमार्फत गोल गरेका थिए ।

गोल खाएको ७ मिनेट नबित्दै एटलेटिकोले बराबरी गोल फर्काएको थियो । जोआओ फेलिक्सको उत्कृष्ट चिप पासलाई रेनान लोडीले सदुपयोग गर्दै गोल गरेका थिए ।

त्यस्तै एटलेटिकोका लागि दोस्रो तथा निर्णायक गोल लुइस सुआरेजले गरे। खेलको २ मिनेट समय बाँकी रहँदा उनले यानिक फरेरा करास्कोको लो क्रसलाई गोलमा परिणत गरे।

सुआरेजले गरेको गोलकै कारण एटलेटिको लालिगाको शिर्ष स्थानमा टिक्न सफल भएको छ। ओसासुना विरुद्धको खेलमा हार अथव अबरबरी बेहोरेको भए रियललाई फाइदा हुने थियो। तर, आइतबारको जित पश्चात एटलेटिको शिर्ष स्थानमा कायम छ।

सुआरेजको उक्त गोलले एटलेटिकोको ठूलो उद्धार भएको छ। बार्सिलोनाबाट एटलेटिको पुगेयता सुआरेजले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। सुआरेजले एटलेटिकोका लागि अहिले सम्म २० गोल गरिसकेका छन्। उनले २० गोल ३१ खेलबाट गर्न सफल भएका हुन्। उनी लिगको शिर्षगोलकर्ताको चौंथो स्थानमा छन्।

प्रकाशित : सोमबार, जेठ ०३, २०७८१७:२७

ब्यालुन डी ओर पावर र्यान्किंग: चिप्लिए मेस्सी, रोनाल्डो टप १० बाहिर !