जेठ महिना लागेसंगै लगातार बढ्यो सुनको मुल्य, आज अहिलेसम्मकै महँगो!

काठमाडौँ, जेठ ४ । जेठ महिना लागेसंगै सुनको मुल्य लगातार बढिरहेको छ । जेठ २ गते तोलामा ९  सय र जेठ ३ गते तिन सय  रुपैयाले बढेको सुनको मुल्य आज पनि बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको मूल्य ६  सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९३  हजार ४ सय कायम भएको छ।

नेपाली बजारमा आज तेजाबी सुनको मूल्य पनि तोलामा ६  सय रुपैंयाँले नै बढेको छ। आज तेजाबी सुन प्रतितोला ९२ हजार ९ सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आज सुन माघ महिना यताकै महँगो

आज कायम भएको सुनको मूल्य माघ महिना यताकै महँगो रहेको छ। आज कायम भएको सुनको मूल्य माघ १३ गते अर्थात १ सय १२ दिन यताकै महँगो रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य

सुन मात्र नभई आज चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा रु ३५ ले बढेर १३ सय ९० रुपैयामा कायम भएको छ।

प्रकाशित : मङ्गलबार, जेठ ०४, २०७८११:४४

हिजो १ सय ३० दिन यताकै महँगो भएको सुनको मूल्य आज घट्यो ! कति ?