एजेन्सी – युवा स्टार केलियन एमबाप्पेले स्पेनिस क्लब रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमाले फ्रान्सको राष्ट्रिय टोलीमा पूनरागमन गर्दा उनलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन् ।
प्रशिक्षक डिडियर डेसच्याम्सले अर्काे महिनाबाट शुरु हुने युरोकपको लागि २६ सदस्यी टोलीको घोषणा गर्दा बेन्जेमाले ६ वर्षपछि राष्ट्रिय टोलीमा पूनरागमन गरेका थिए । बेन्जेमा पछिल्लो ६ वर्षयता टोलीमा रहेनन् । सोही समयमा उदाएका एमबाप्पेले फ्रान्सको टोलीमा स्थान बनाउँदा एन्टोइन ग्रिजमन र ओलिभर जिरुउडसँग खेल्ने मौका पाएका थिए । बेन्जेमाको आगमनसँगै डेसच्याम्सको अग्रपङ्तिमा बेन्जेमा, ग्रिजमन र एमबाप्पे रहनेछन् ।
‘म बेन्जेमाको कल अपमा धेरै खुशी छु ।’ एमबाप्पेले भने, ‘मैले सधै भनेको छु । कि म सर्वश्रेष्ठ खेलाडीहरुसँग खेल्न चहान्छु । त्यहाँ धेरै खेलाडीहरु छैनन् । जो विश्वमा बेन्जेमा भन्दा राम्रो छ । उसले हामीलाई के गर्ने थाहा छ ।’
उनले १० वर्ष रियल म्याड्रिडका लागि खेलेका छन् । दवाव के हो त्यो उनलाई थाहा छ । उनीसँग अनुभव छ र उनीसँग सबै थोकभन्दा पनि प्रतिभा छ । ठुला खेलाडीलाई टोलीसँग भिज्न खासै गाह्रो हुनेछैन । त्यसैले म पक्का छु कि ऊ चाँडै अनुकुल हुनेछ ।’
पीएसजीले बुधबार राति मोनाकोलाई २–० ले पराजित गर्दै १४औं पटक फ्रेन्च कपकोउपाधि जित्न सफल भएको थियो । यो सफलता टोलीको प्रयासको परिणाम रहेको उनले बताएका छन् ।
‘हामी सकेसम्म लिग वानको पनि च्याम्पियन बन्न चहान्छौं ।’ एमबाप्पेले भने, ‘म आफ्नो कुनै सीमा नराखी मेरो टोलीलाई ट्रफी जिताउन कोसिस गर्नेछु । जव म टिम सहयात्री, स्टाफलाई खुशी देख्छु, म धेरै खुशी हुन्छु । यही नै मेरो लागि नै महत्वपुर्ण हुन्छ ।’
‘यो यस्तो टोली हो जसले मलाई सबैभन्दा राम्रो अवस्थामा राख्यो । म मेरो टिमका साथीहरुको कामका कारण मात्र सुधार गर्न सक्दछु । उनीहरुकै प्रयासका कारण यहाँ छु ।’

