यी बलिउड कलाकार जसको डिभोर्सले बटुले चर्चा !

बलिउडको कैयौँ कलाकार फिल्मको साथसाथै निजी जिन्दगीको कारण चर्चामा आउँछन् । यी मध्ये कैयौँ एकअर्कालाई  डिभोर्स दिएको कारण चर्चामा रहे । केहि कलाकारको भने बिहे  भएको केहि समयमा नै डिभोर्स गर्छन् भने केहि बिहे गरेर लामो समयपछि छुटिने निर्णय लिन्छन्। आज  हामी तपाईलाई बलिउडको  केहि कलाकारको बारेमा बताउँछौ जसको डिभोर्सको खबर निकै चर्चामा रह्यो !

करिश्मा कपूर र  संजय कपूर

बलिउडको सुन्दर अभिनेत्री करिश्मा कपूर एक समयको चर्चित अभिनेत्री हुन्। उनले दिल्लीको  बिजनेसम्यान संजय कपूरसँग २००३ सालमा बिहे गरेकी थिइन्। तर बिहेपछि उनीहरुले २०१६ सालमा डिभोर्स लिने निर्णय लिएका थिए।  करिश्मा कपूर र संजय कपूरको दुई  छोराछोरी समायरा र कियान छन् । डिभोर्स गरेपछि संजयले प्रेमिका प्रिया सचदेवसँग बिहे गरेका थिए।

सैफ अली खान और अमृता सिंह

यी दुई एक समयमा बलिउडको चर्चित जोडी थिए। सैफ अली खान र अमृता सिंहले १९९११ मा बिहे गरेका थिए। अमृता, सैफ अली खानभन्दा १२ वर्ष ठुली हुन्। तर समयसँगै दुईबीच मतभेद उत्पन्न भयो र एकअर्कासँग अलग हुने निर्णय गरे। सैफ अली खान र अमृता सिंहले २००४ सालमा डिभोर्स लिएका थिए ।

दीया मिर्जा र साहिल सांगा

बलिउड अभिनेत्री दीया मिर्जाले २०१४ सालमा  साहिल सांगासँग बिहे गरेकी थिइन्। बिहे भएको ५ वर्षपछि उनीहरुले  एकअर्कासँग छुटिने निर्णय लिएका थिए। दीया मिर्जाले डिभोर्सको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी थिइन्।

अर्जुन रामपाल र मेहर जेसिया
अर्जुन रामपाल र मेहर जेसियाले २०१८ अलग हुने निर्णय लिएका थिए। यी दुईको दुई छोरी पनि छन् । डिभोर्सपछि  अर्जुन रामपालको दुई छोरी मेहरसँग बस्छन्। अर्जुन रामपाल र मेहर जेसियाले १९९८ मा बिहे गरेका थिए।

मलाइका अरोड़ा र अरबाज खान

अभिनेता अरबाज खानको जन्मदिन चार अगस्ट मा हो। अरबाज खानले बलिउडको चर्चित अभिनेत्री मलाइका अरोड़ासँग बिहे गरेका थिए। दुवैले करिब १८ वर्षसँगै रहेर डिभोर्स लिएका थिए। मलाइका अरोडा र अरबाज खानको एक छोरा अरहान खान हुन् । डिभोर्सपछि अरहान, मलाइकासँग बस्छन्।  यधपी उ पिता अरबाजसँग पनि देख्न सक्छौ।

फरहान अख्तर र अधुना

बलिउडको चर्चित अभिनेता र गायक फरहान अख्तरले लामो सम्बन्धलाई तोडेर अधुनासँग २०१७ सालमा डिभोर्स लिएका थिए। यी दुईले २००० सालमा बिहे गरेका थिए। आपसी मतभेदको कारण दुवैले अलग हुने फैसला लिएका थिए। फरहान र अधुनाको दुई छोरी शाक्या र अकीरा हुन्।

प्रकाशित : शुक्रबार, जेठ १४, २०७८२०:०६

डीपनेक ड्रेसमा उर्वशीले तताईन सामाजिक संजाल, हेर्नुहोस उनका बो-ल्ड तस्विरहरु!