राजपाल यादवसँग विवाह गर्न क्यानडा छोडेर भारत आएकी थिइन् राधा, यस्तो थियो कहानी !

बलिउड अभिनेता -हाँस्यकलाकार राजपाल यादवले आफ्नो भूमिकाले दर्शकको मन जित्न सफल छन्।  उनले आफ्नो करियरको सुरुवात सानो-सानो भूमिकाबाट गरेका थिए। तर उनलाई पहिचान भने राम गोपाल वर्माको फिल्म जंगल (२०००) बाट मिलेको थियो। राजपालको  पछिल्लो फिल्म ‘जुडवा २’ थियो। राजपाल यादवको  निजी जिंदगीको कुरा गर्दा उनको प्रेम कहानी  निकै रोचक छ। राजपाल यादवले राधा नामको केटिसँग बिहे गरेका थिए र उनको पहिलो  श्रीमतीको नाम करुणा थियो। करुणाको मृत्यु छोरी  ज्योतिको जन्म  दिने बेला नै भएको थियो।  आज हामी तपाईलाई  राजपालको दोस्रो श्रीमतीको बारेमा बताउँछौ  जो निकै चर्चामा रहिन्।

पहिलो श्रीमतीको मृत्युपछि राजपाल दोस्रो बिहे गर्न चाहदैन थिए। तर उनले प्रेमिकाको रुपमा राधालाई पाए।  जब उनीहरुको मित्रता प्रेममा बदलियो। राजपाल यादवले १० मे २००३ मा राधासँग बिहे गरेका थिए।

राजपाल यादवले आफ्नो प्रेम कहानीको बारेमा आफैले खुलासा गरेका थिए। एक अन्तर्वार्तामा बताएका थिए, ‘ मेरो श्रीमती राधा  मभन्दा ९  वर्ष कान्छी हुन्। हाम्रो प्रेम विवाह भएको थियो। ‘ राजपाल र राधाको भेट क्यानडामा भएको थियो जहाँ रामपाल  फिल्म ‘द हीरो’ को शूटिंगको लागि गएका थिए।

राजपाल यादवले बताएका थिए  ,” हामी दुवैजनाको साथी मार्फत भेट भएको थियो। पहिलोपटक दुवैबीच केहि कुरा भएन। त्यसपछि यसरी नै हामी दुई तीनपटक भेट्यौं र एकअर्कालाई मन पराउन थाल्यौं। त्यसपछि दुवै १० दिनसम्म सँगै बस्यौ। क्यानडाबाट फर्किएपछि दुवैजनाले कुरा गरिरह्यौ। यसकारण फोनमा धेरै पैसा खर्च हुन थाल्यो। केहि समयपछि राधाले क्यानडा छोडेर भारत आउने  निर्णय लिईन्। मेरो लागि  राधाले यो निर्णय लिएकी थिइन्।”

पहिलो भेट बारे राधाले बताएकी थिइन् , ‘ म पहिलोपटक मुम्बई जाँदा राजपालले मलाई उसको घरमा लिएर गएका थिए। उसले मलाई सरप्राइज दिनको लागि घरलाई क्यानडाको होटल जस्तै डिजाइन गरेका थिए।’  त्यसपछि दुवैले बिहे गरे। अहिले उनीहरुको दुई छोरी छन्। राजपालको छोरी ज्योतिको बिहे भईसकेको छ।

प्रकाशित : शुक्रबार, जेठ १४, २०७८१७:१९

यी बलिउड कलाकार जसको डिभोर्सले बटुले चर्चा !