यी हुन् बलिउडका एकल अभिभावक , विवाह नगरी बने माता-पिता ! को-को ?

‘कुमारे बाप ‘ फिल्मको  कहानी जस्तै असल जीवनमा थुप्रै बलिउड अभिनेता अभिनेत्री बिहे नगरी नै अभिभावक बनिसकेका छन्। जहाँ केहिले  प्यारेन्टहुडको  इन्जोय गर्नको लागि बच्चा एडप्ट गरे भने केहिले सरोगेसीको मदत्त लिएर अभिभावक बने। थाहा पाउनुहोस् यो बलिउड कलाकारको बारे जो बिहे बिना नै अभिभावक बने :-

सुष्मिता सेन

मिस यूनिभर्स  एवम् अभिनेत्री सुष्मिता सेनले एडप्शन मार्फत आमा बनेकी थिइन्। अभिनेत्रीले  २५ वर्षको उमेरमा  पहिलो छोरी अलीषालाई एडप्ट गरेकी थिइन्। त्यसपछि  सुष्मिताले २०१० सालमा दोस्रो छोरी रेनेलाई एडप्ट गरेकी थिइन्। सुष्मिता सेन दुई छोरीको एकल आमा हुन्।  अभिनेत्रीले पहिलो छोरी एडप्ट गर्दा करियरको  चरम बिन्दुमा थिईन् तर उनले कसैको वास्ता नगरी निर्णय लिएकी थिइन्।

साक्षी तंवर​​​​​​​

टेलिभिजन देखि बलिउडमा आफ्नो पहिचान बनाईसकेकी साक्षी तंवरले २०१८ मा छोरी एडप्ट गरेकी थिइन्। अभिनेत्रीले ९ महिनाको बच्चा अपनाएकी थिइन् जसको नाम उनले दित्या राखेकी छन्। साक्षी एक एकल आमा हुन् जसले अहिलेसम्म बिहे गरेकी छैनन्।

एकता कपूर

चर्चित निर्देशक र निर्माता  एकता कपूरले २०१९ सालमा  सरोगेसीको मदत्तले छोराको आमा बनेकी हुन्। उनको नाम रवि कपूर हो। सुरुको समयमा  एकता आफ्नो छोरालाई प्यापराजी र मीडियाको नजरबाट टाढा राख्थिन् यधपी अब उनले आफ्नो छोराको फोटो शेयर गर्न थालेकी छन्।

करण जौहर

बलिउडको चर्चित  फिल्म निर्माता र निर्देशक  करण जौहर २०१७ सालमा  सरोगेसी मार्फत दुई बच्चाको पिता बनेका हुन्। उनको छोराको नाम यश हो जुन  उनको बुबाको नामबाट रखिएको हो र  उनको छोरीको नाम रूही हो जुन उनले  आमाको नाम हीरूलाई उल्टाएर राखेका हुन्। करण एकलै नै आफ्नो  बच्चाको पालनपोषण गरिरहेका छन्। उ  प्राय आफ्नो छोराछोरीको  फोटो र भिडियो सामाजिक सञ्जालमा साझा गरिरहन्छन्।

तुषार कपूर

४३ वर्षीय अभिनेता तुषार कपूर २०१६ सालमा  सरोगेसी मार्फत एक छोराको पिता बनेका हुन्।  अभिनेताको छोराको नाम  लक्ष्य कपूर हो। उ आफ्नो छोराको फोटो सामाजिक सञ्जालमा शेयर गर्छिन्। तुषारको बाटो ठम्याउदै उनको बहिनी एकता कपूर पनि बिहे नगरी नै सरोगेसीको मदत्तले २०१९ मा आमा बनेकी हुन्। उनको छोराको नाम  रवि हो ।

नीना गुप्ता

चर्चित अभिनेत्री नीना गुप्ता एक छोरी मसाबाको एकल आमा हुन्।  मसाबाको पिता १९८० मा बेस्ट इन्डियाको  क्रिकेटर रहेका विवियान रिचर्ड हुन्।  यधपी  क्रिकेटरले  नीनासँग बिहे गरेका थिएनन्। उनीहरु प्रेम सम्बन्धको क्रममा गर्भवती भएकी थिइन् र उनले एकल अभिभावक बन्ने निर्णय लिएकी थिइन्। एक कुराकानीमा उनले भनिन्। ” यदि मलाई आफ्नी गल्ती सुधार्ने मौका मिल्थ्यो भने म बिहे नगरी आमा बन्ने थिइन् होला। “

रवीना टंडन

रवीनाले २१ वर्षको उमेरमा दुई छोरी छाया र पूजालाई एडप्ट गरेकी थिइन्। यति कम उमेरमा दुई छोरी र करियरमा ध्यान दिन अभिनेत्रीलाई निकै चुनौतिपूर्ण रहेको थियो। २१ वर्षको उमेरमा अभिनेत्रीले ११ र ८ वर्षको छोरीको आमा बनेकी थिइन्। उनका अनुसार उनी आमाभन्दा धेरै आफ्नो छोरीसँग समय बिताउछिन्। वर्षौंसम्म एकल आमा रहेकी  रवीनाले २००४ सालमा  अनिलसँग बिहे गरेकी थिइन्। बिहे भएको १ वर्षपछि अभिनेत्रीले छोरी याशा र २००८ मा छोरा रणवीर-वर्धनको आमा बनेकी थिइन्।

प्रकाशित : शुक्रबार, जेठ १४, २०७८१६:१२

राजपाल यादवसँग विवाह गर्न क्यानडा छोडेर भारत आएकी थिइन् राधा, यस्तो थियो कहानी !