सबै नागरिकलाई खोपको प्रबन्ध गर्ने ओलीको घोषणा !

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध सबै नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै पहिलो डोज लगाएर दोस्रो डोज लगाउन प्रतीक्षारत र अन्य सबैलाई खोपको प्रबन्ध गरिने बताउनुभएको हो ।

खोपको असमान वितरण हुँदा विकासशील मुलुकका समग्र योजना प्रभावित भएको उल्लेख गर्दै उहाँले यपसमा विश्वव्यापी सहकार्यमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले महामारी रोकथाम तथा नियन्त्रणका लागि एकीकृत र समन्वयात्मक र समग्र राष्ट्रिय नीति आवश्यक पर्ने जनाउँदै जारी निषेधाज्ञा जनताको जीवन सुरक्षाकै लागि भएको स्पष्ट गर्नुभयो । उहाँले बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि हुने कुनै पनि आक्रमणमाथि कडा कारबाही गरिने पनि स्पष्ट गर्नुभयो ।

प्रकाशित : शुक्रबार, जेठ १४, २०७८१६:२९

कोरोनाबाट संक्रमित हुने भन्दा निको हुनेको सङ्ख्या झन्डै ३ हजार बढी, ज्यान जानेको सङ्ख्या पनि कम हुँदै !