नेपाल र इराक विरुद्धको मैत्रीपूर्ण फुटबल खेल अबको केहि समयमा सुरु हुँदैछ। एएल फेह अन्तराष्ट्रिय फुटबल स्टेडियममा हुने खेलमा नेपाल इराक विरुद्ध ३ पटकको हारको बदला लिने दाउमा मैदान उत्रिनेछ। पछिल्लो पटक २० वर्ष अघि भएको यी दुई बीचको खेलमा इराकले ४-२ को शानदार नतिजा निकाल्न सफल भएको थियो।
पहिलो पटक १९८२ को एसियन गेम्समा भएको भेटमा इराकले नेपाललाई ३-० गोलले पराजित गरेको थियो भने २००१ मा फिफा विश्वकप छनौट चरणका दुई खेलमा नेपाल इराकसँग क्रमशः ९-१ र ४-२ गोल अन्तरको लज्जासपद हार बेहोर्न बाध्य भएको थियो। त्यसपछि भने यी दुई देश बीच कुनै पनि प्रकारको फुटबल खेल भएको थिएन।

हाल फिफाको विश्व वरियतामा नेपाल १७१ औं स्थानमा रहेको छ भने इराक ६८ औं स्थानमा रहेको छ। यस्तोमा, इराक विरुद्धको खेलका लागि नेपाली टोलीको सुरुवाती ११ पनि घोषणा भइसकेको छ। नेपालका लागि मनिष डाँगी र गौतम श्रेष्ठले डेब्यु गर्दैछन्। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफ्नो पहिलो अन्तराष्ट्रिय भ्रमणका लागि नेपाली राष्ट्रिय टोलीमा ६ नयाँ अनुहारलाई सामेल गरेका थिए। जस मध्ये आज मनिष र गौतमले सुरुवाती ११ मा स्थान पाएका हुन्।
नेपालको प्लेयिंग ११ यस प्रकार छ:-
किरण चेम्जोङ (कप्तान)
अनन्त तामाङ
रोहित चन्द
गौतम श्रेष्ठ
सुमन अर्याल
पुजन उपरकोटी
सुमन लामा
सन्तोष तामाङ
अन्जन विष्ट
मनिष डाँगी
नवयुग श्रेष्ठ

