अगुइरोका लागि ग्वार्डिओलाले झारेको आँशु नक्कली थियो ?

एजेन्सी – एक दशक म्यानचेस्टर सिटीमा बिताएका अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरो बार्सिलोना आइपुगेका छन्। अगुएरो फ्री ट्रान्सफरमा बार्सिलोना आइपुगेका हुन्।

म्यानचेस्टर सिटीले पछिल्लो दशकमा हाँसिल गरेको सम्पूर्ण सफलतामा भूमिका निभाएका अगुएरोको अन्तिम सिजन सोचेजस्तो रहेन। सन् २०२०-२१ को सिजनमा उनले खासै मौका पाएनन् ।

सिजनको अन्तिम खेलमा सिटीले एभर्टनलाई ५-० हराउँदा अगुएरोले दुई गोल गरे। ती गोल पश्चात अगुएरो प्रिमियर लिगको सर्वाधिक गोलकर्ता बने। खेलपश्चात सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले अगुएरोको खुलेर प्रशंसा मात्र गरेनन्, अगुएरो सिटीबाट बिदा हुन लागेको सम्झिएर केहि थोपा आँशु झारे।

ग्वार्डिओलाले नक्कली आँशु निकालेको आरोप

यसैबीच अगुइरोका पिता लियोनेल इल कास्टिलिनोले ग्वार्डिओलाको आँशुलाई नक्कली आँशुको संज्ञा दिएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा उनले प्रिमियर लिगको अन्तिम खेलमा सिटीका प्रशिक्षक ग्वार्डिओलाले निकालेको आँशु नक्कली रहेको बताएका हुन्।

कास्टिलिनोले अगुएरोलाई बार्सिलोनाका अलावा प्रिमियर लिग क्लबहरुले पनि अनुबन्ध गर्ने प्रयास गरेको पनि बताए। उनका अनुसार आर्सनल र चेल्सीले अन्तिम मिनेटसम्म अगुएरोलाई अनुबन्ध गर्ने प्रयास गरेका थिए।

प्रकाशित : बिहिबार, जेठ २०, २०७८२२:११

चिलीविरुद्ध मेस्सीको पेनाल्टी गोल, थप गोल फर्काउन नसक्दा अर्जेन्टिना बराबरीमै रोकियो !