ह्वात्तै घट्यो सुनको मूल्य, आज १४ दिन यताकै सस्तो !

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार स्थिर रहि बिहिबार बढेको सुनको मूल्य आज घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य १ हजार ५ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९३ हजार ४ सय कायम भएको छ।

तेजाबी सुनको मूल्य पनि आज १ हजार ५ सय रुपैंयाँले नै घटेको छ। बिहिबार पुस २४ गते यताकै महँगो मूल्यमा कारोबार भएको तेजाबी सुन आज ९२ हजार ९ सय रुपैंयाँमा करोबार भैरहेको छ।

आज कायम भएको सुनको मूल्य १४ दिन यताकै सस्तो रहेको छ। आज कायम भएको सुनको मूल्य जेठ ७ गते यताकै सस्तो हो। त्यसदिन छापावाला सुन ९३ हजार ३ सय र तेजाबी सुन ९२ हजार ८ सय रुपैंयाँमा कारोबार भएको थियो।

यस हप्ता सुनको मूल्य

यस हप्ता सुनको मूल्यमा धेरै नै उतारचढाव भयो। छापावाला सुन कम्तिमा ९३ हजार ४ देखि देखि बढीमा ९४ हजार ९ सय रुपैंयाँ सम्ममा कारोबार भयो भने तेजाबी सुन ९२ हजार ९ सय देखि ९४ हजार ४ सय रुपैंयाँ सम्ममा करोबार भयो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार नेपाली बजारमा चाँदीको मूल्य रु ३५ ले घटेर १३ सय ४० कायम भएको छ।

प्रकाशित : शुक्रबार, जेठ २१, २०७८११:३७

विवाह गर्नै परे घरमै गर्नुपर्ने, ७ जना भन्दा बढी जम्मा हुन नपाउने !