आज स्पेन र पोर्चुगल भिड्दै, खेल कुन च्यानलमा कति बेला हेर्ने ?

एजेन्सी – आउने शुक्रबार देखि शुरु लागिरहेको युरोपेली च्याम्पियनसिपको तयारीमा जुटेका पोर्चुगल र स्पेनले आज एक अर्काको सामना गर्ने भएका छन्। युरोपेली च्याम्पियनसिपको तयारी अन्तर्गत साविक विजेता पोर्चुगल र स्पेन मैत्रीपूर्ण खेलमा आमनेसामने हुन लागेका हुन्।

खेल नेपाली समय अनुसार रातको ११:१५ बजे शुरु हुनेछ। युरोका लागि अन्तिम टोलीको घोषणा गरिसकेका दुवै टोलीले एक-अर्कालाई कडा टक्कर दिने अनुमान गरिएको छ।

यस भन्दा अगाडी पोर्चुगल र स्पेन ३७ पटक आमने सामने भएका छन्। जसमा स्पेनले १७ खेलमा जित हाँसिल गरेको छ भने पोर्चुगलले ६ खेलमा जित निकालेको छ। त्यस्तै १४ खेल बराबरीमा टुंगिएको छ। पछिल्लो पटक यी दुई टोली बीच सन् २०२० मा भेट भएको थियो। उक्त मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुंगिएको थियो।

स्पेनले पछिल्लो खेल विश्वकप छनोट अन्तर्गत कोसोभोविरुद्ध खेलेको थियो भने पोर्चुगलले लक्जेम्बर्ग विरुद्ध खेलेको थियो। दुवै टोलीले खेल जितेका थिए।

कहाँ हेर्ने ?

शुक्रबार राति हुने खेल कुनै पनि नेपाली च्यानलले प्रशारण गर्ने छैनन्। नेपालमा स्पेन र पोर्चुगल बीचको खेल सोनी टेन २(Sony Ten 2/HD) च्यानलमा हेर्न सकिनेछ।

प्रकाशित : शुक्रबार, जेठ २१, २०७८१६:४०

कप्तान चेम्जोङ भन्छन् – नयाँ प्रशिक्षक आएपछि हामी सबैको कन्फिडेन्स बढ्यो’