कप्तान चेम्जोङ भन्छन् – नयाँ प्रशिक्षक आएपछि हामी सबैको कन्फिडेन्स बढ्यो’

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले नयाँ प्रशिक्षकको आगमन पश्चात टिमको प्रदर्शनमा परिवर्तन आएको बताएका छन्।

शुक्रबार एन्फा मिडिया तथा मिडियाकर्मीहरुसँग कुराकानी गर्नेक्रममा कप्तान चेम्जोङले नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको आगमन पश्चात टिमको आत्मविश्वास बढेको र त्यसले प्रदर्शनलाई पनि परिवर्तन गराएको बताएका हुन्।

आफूले राष्ट्रिय टिमबाट खेलेको १४ वर्ष भइसकेको उल्लेख गर्दे उनले कोचले कन्फिडेन्स दिएको र सबै खेलाडीलाई खेल्नका लागि कन्फिडेन्सको वातावरणको निर्माण गरेको बताए।

नयाँ प्रशिक्षक आएपछि टिममा स्पष्ट परिवर्तन देखिएको उनको भनाई छ। नेपाली टिमले इराक विरुद्ध र चाइनिज ताइपेइ विरुद्ध फरक शैलीको खेल प्रदर्शन गारेको उनले बताए।

उनले भने,”मैले राष्ट्रिय टिममा खेल्न थालेको करिब १३-१४ वर्ष भयो । अहिलेको कोचले कन्फिडेन्स दिनुभएको छ । सबै खेलाडीलाई खेल्नका लागि कन्फिडेन्सको वातावरण क्रियट गर्नुभएको छ।”

नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बिहीबार चाइनिज ताइपेइलाई २-० ले पराजित गर्यो । नेपालले अब छनोटको सातौं खेलमा जोर्डनको सामना गर्नेछ । खेल सोमबार रातको ९:४५ बजे हुनेछ ।

प्रकाशित : शुक्रबार, जेठ २१, २०७८२२:०२

चेल्सीलाई च्याम्पियन्स लिग दिलाएका टुचेलको चेल्सी बसाईं लम्बियो !